भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

चितवन, १ मंसिर । पूर्वी चितवनको खैरहनीमा किसानहरूले आलुखेतीमा आधुनिक प्रविधिको प्रयोग बढाउँदै लैजाने क्रम तीव्र बन्न थालेको छ।

खैरहनी नगरपालिका–१० का किसान कृष्ण अर्यालले भारतबाट आधुनिक आलु रोप्ने औजार झिकेर यस वर्ष परीक्षणसँगै व्यावहारिक प्रयोगको शुरुवात गरेका छन्।

अर्यालका अनुसार परम्परागत तरिकाले मजदुर राखेर आलु रोप्दा १ कठ्ठामा करिब रु १,००० खर्चिन्थ्यो। तर नयाँ उपकरण प्रयोग गरेपछि १ बिघा ६ कठ्ठा क्षेत्रफल केवल ३ घण्टामा रोप्न सकिएको छ। सो कामको कुल खर्च रु ६,६०० मात्र परेको उनले बताए।

यस आधुनिक उपकरणले चारवटा लाइनमा मल र बीउ एकैपटक खसाल्ने सुविधा प्रदान गर्छ। अर्को किसान सीताराम अर्यालका अनुसार यन्त्रले एकपटकमा ४ क्विन्टल आलुका बीउ र १ क्विन्टल मल बोक्न सक्छ। बीउमा ४० देखि ५० ग्रामका एकनासे आलुका टुक्रा भए रोपाइँ झनै सहज हुन्छ।

किसानका अनुसार ठूलो क्षेत्रफलमा आलुखेती गर्नेहरूका लागि यो प्रविधि विशेष रूपमा उपयोगी बनेको छ। समय, श्रम र लागत तीनै पक्षमा हुने बचतले कृषि व्यवसायलाई थप आकर्षक र व्यावसायिक बन्न सहयोग पुगेको स्थानीय किसानहरूको बुझाइ छ।