काठमाण्डौ, ७ भदाै । गएराति देशका विभिन्न ठाउँमा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा धनुषामा सबैभन्दा धेरै ५४.८ मिलिमिटर वर्षा मापन भएको छ।
काठमाण्डौ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, देशका हिमाली भू–भागका केही स्थानमा मध्यम वर्षा तथा पहाडी भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
काठमाडौं, ४ भदाै । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।
यसको प्रभावले देशका पहाडी भूभागमा सामान्यतया बदली भएको छ भने विभिन्न प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
आज राति हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
रातिको समयमा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
काठमाडौं, १ भदौ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई ठाउँमा पनि ठूलो वर्षा हुनसक्ने सम्भावना रहेको छ। गएराति देशका अधिकांश स्थानमा वर्षा भए पनि अहिले वर्षा गराउने प्रणाली पश्चिमतर्फ सर्दै गएको महाशाखाले जनाएको छ।
यसका कारण आज विशेषगरी पश्चिम नेपालका केही क्षेत्रमा वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको हो।आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले पूर्वानुमान गरेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै ठाउँमा पनि वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने जनाइएको छ।
महाशाखाले ठूलो वर्षा तथा मेघगर्जनसहितको वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्नसक्ने जनाएको छ। विशेषगरी पहाडी तथा नदी आसपासका क्षेत्रमा वर्षाका कारण आकस्मिक बाढी तथा पहिरोको जोखिम बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
यस्तै, वर्षाका कारण सडकमा यात्रा गर्दा समेत जोखिम हुनसक्ने भएकाले सम्भावित जोखिम भएका क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
काठमाडौं, २४ साउन । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल देशभर साधारणतया बदली रहेको छ भने विभिन्न प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। देशको हिमाली भागका केही स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, देशका पहाडी भागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा समेत मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
राति पनि भारी वर्षाको सम्भावना
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली भागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, मधेस प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भाग र बागमती प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका साथै बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा रातिको समयमा समेत भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
बाढी–पहिरोको जोखिम, सतर्क रहन आग्रह
महाशाखाले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
भारी वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, पर्यटन तथा सडक र हवाई यातायात सेवा प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौं, १८ साउन । जल तथा मौसम विज्ञान विभागले आउँदो तीन दिन देशभर मनसुन सक्रिय रहने र विभिन्न स्थानमा भारीदेखि अति भारी (आरिघोप्टे) वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार आज देशका पहाडी भू–भागका एक/दुई स्थान तथा लुम्बिनी प्रदेशको तराईका केही क्षेत्रमा मुसलधारे वर्षा हुन सक्छ। साथै कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।
विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार बितेको २४ घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही क्षेत्रमा अत्यधिक वर्षा मापन गरिएको छ। बर्दियाको ताराताल, कास्कीको याङ्जाकोट तथा चितवनका केही स्थानमा २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड भएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका केही स्थान र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। यी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा अति भारी वर्षा हुन सक्ने मौसम बुलेटिनमा उल्लेख गरिएको छ।
विभागका अनुसार भोलि र पर्सि पनि देशभर मनसुन सक्रिय रहनेछ। काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने र आकस्मिक बाढी, पहिरो तथा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरिएको छ।
काठमाडौं, १० साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । सम्भावित भारी वर्षाका कारण पहिरो, बाढी, डुबान तथा नदी–खोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै, भोलि पनि देशका पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । विशेषगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक/दुई स्थानमा भोलि राति अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलिसम्म केही स्थानमा मात्र ठूलो वर्षाको सम्भावना रहे पनि देशका अधिकांश क्षेत्रमा अत्यधिक वर्षाको जोखिम भने कम हुँदै गएको छ । आगामी दिनमा ठूलो वर्षा हुने क्रम क्रमशः घट्दै जाने अनुमान गरिएको छ ।
काठमाडौं, ९ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेकाले मौसम बदली भएको हो ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
यस्तै, बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले पहिरो, बाढी र डुबानको जोखिम रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
काठमाडौं, ६ साउन । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ। अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकीका केही स्थान तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानमा तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै हिमाली क्षेत्रमा केही स्थानमा वर्षासँगै हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।
विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा कोशी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। आज राति पनि देशभर मनसुनी प्रभाव कायम रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
मौसम विभागले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी तथा खोलानाला आसपासका बासिन्दा, यात्रु तथा स्थानीयलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले विभागको पछिल्लो मौसम सूचना नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।