भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुर्खेत, ६ माघ । “भुइँमान्छेदेखि नेतृत्वसम्म” भन्ने नारासहित सुर्खेत क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका एक स्थानीय अभियन्ताले संघर्ष, श्रम र सेवाको यात्रालाई आफ्नो राजनीतिक आधार बनाएका छन्।

उम्मेदवारले आफू कुनै ठूलो राजनीतिक घरानाको विरासतबाट नभई सुर्खेतकै माटोमा पसिना बगाउँदै संघर्षको कठिन बाटो हिँडेर आएको भुइँमान्छे भएको रमेश सापकाेटाले बताएका छन्। उनका अनुसार उनको जीवनयात्रा अभाव र चुनौतीकै बीच सुरु भएको हो, जसले समाजमा रहेका अन्याय, विसंगति र पीडासँग जुध्ने साहस दिएको छ।

उनले साधारण श्रमिकदेखि व्यवस्थापकसम्मको यात्रामा “जसले भुइँको धुलो खाएको छ, उसैलाई मात्र माटोको मूल्य थाहा हुन्छ” भन्ने अनुभव सँगालेको बताएका छन्। यातायात सिन्डिकेट, बेथिति र अन्यायविरुद्ध एक्लै उभिँदा पनि नडगमगाएको उनको दाबी छ।

सुर्खेतलाई उनले जन्मभूमि मात्र नभई कर्मभूमि, आस्था र पहिचानको केन्द्रका रूपमा वर्णन गरेका छन्। यहाँका समस्या आफूले प्रत्यक्ष भोगेकाले समाधान खोज्दा व्यवहारिक तरिकाले समाधान गर्ने बताएका छन् । गफभन्दा परिणाममा विश्वास गर्ने बताउँदै उनले क्षेत्रको समग्र रूपान्तरणका लागि राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न तयार रहेको जनाएका छन्।

राजनीतिलाई कारोबार नभई माटोको ऋण तिर्ने सेवा मानेर अघि बढ्ने उनले बताएका छन्। जेन–जीको चेतनाले मागेको परिवर्तन र आम नागरिकले खोजेको सुशासन संस्थागत गर्न सुर्खेत क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएको उनको भनाइ छ।

ठूला र भ्रमपूर्ण आश्वासनभन्दा इमान्दार साथ र निरन्तर उपस्थितिलाई प्राथमिकता दिने बताउँदै उनले जनताको दुःख–सुखमा सँगै उभिने प्रतिबद्धता जनाएका छन्। “विद्रोह चेतनाबाट जन्मियो, अब विकास र सुशासन हाम्रै कर्मबाट जन्मिनेछ” भन्ने उनको नारा रहेको छ।

गंगामाला देउती बज्यैको आशिर्वाद शिरोपर गर्दै उनले सुर्खेतको नयाँ इतिहास लेख्न सबैको साथ र विश्वासको अपील गरेका छन्।