भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मुख्यबुँदा

काठमाडौँ–२ मा २८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा

१६ दलका र १२ स्वतन्त्र उम्मेदवार मैदानमा

नयाँ र पुराना दलबीच कडा प्रतिस्पर्धा

रोजगारी, पूर्वाधार, शिक्षा, स्वास्थ्य र भ्रष्टाचार प्रमुख एजेन्डा

कोटेश्वर ट्राफिक र खानेपानी समस्या मुख्य मुद्दा

काठमाडौँ, १ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी चहलपहल बढेको छ ।औपचारिक प्रचारप्रसार यही फागुन ४ गतेदेखि सुरु हुने भएता पनि उम्मेदवारहरू घरदैलो, टोलसभा र अन्तरक्रियाका माध्यमबाट मतदातामाझ पुगिरहेका छन् ।

यो निर्वाचन क्षेत्रमा २८ जना उम्मेदवार छन् । राजनीतिक दलका १६ र १२ जना स्वतन्त्र छन् । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बाट मणिराम फुयाँल, नेपाली कांग्रेसबाट कवीर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट सुनिल केसी, श्रम संस्कृति पार्टीका मुकुन्द कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट कुन्तीदेवी पोखरेल उम्मेदवार रहेका छन् । यहाँ २२ जना पुरुष र ६ जना महिला छन् । दलबाट तीन र तीन जना महिला स्वतन्त्र उम्मेदवार छन् ।

यो क्षेत्रमा पुराना राजनीतिक दल र तिनका उम्मेदवारको नयाँ पार्टीका प्रत्याशीबीच प्रतिस्पर्धा हुने भएको छ । यो निर्वाचनलाई आफूहरुले केवल दलगत प्रतिस्पर्धा मात्र नभई विश्वासको परीक्षाका रुपमा लिएको उम्मेदवारहरुले बताएका छन् ।

अधिकांश उम्मेदवारका ‘एजेन्डा’ रोजगारी, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र भ्रष्टाचार नियन्त्रण छन् । उनीहरुले कानुन निर्माणभन्दा पनि मतदाताका दैनिकीसँग जोडिएका समस्या सम्बोधनको वाचा गरिरहेका छन् ।कोटेश्वरको ट्राफिक जाम, खानेपानी समस्या, मनोहरा कोरिडोर व्यवस्थापन र रोजगारीका अवसर सृजनालाई प्रायः सबै उम्मेदवारले चुनावी एजेन्डा बनाएका छन् ।

देशले सङ्घीय शासन पद्धति अङ्गीकार गरे पनि मतदाताले सडक, पुल, ढल, खानेपानी समस्या सांसदहरुबाटै समाधान हुनुपर्ने अपेक्षा गरेका छन् । सङ्घीयता कार्यान्वयन भइसकेपछि स्थानीय, प्रदेश र स्थानीय तहले पूरा गर्नुपर्ने जनताका आधारभूत आवश्यकता कानुन बनाउन सङ्घीय संसद्मा प्रतिनिधित्व गर्नेहरुको थाप्लोमा मतदाताले हाल्न नहुने उम्मेदवारहरुको कथन छ । रासस

काठमाण्डौ, २० असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन्।

चौधरी बर्खास्त भएसँगै सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा) आन्तरिक छलफलमा जुटेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ तथा संरक्षक रेशम चौधरीले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएका छन्।

मुख्यमन्त्री शाहले बजेट निर्माणमा वित्तीय अनुशासन नमानिएको, खप्तड पर्यटन विकास समितिमा एकल निर्णयमार्फत कार्यकारी निर्देशक नियुक्त गरिएको लगायत आरोप लगाउँदै राजीनामा माग गरेका थिए।

निर्देशन अस्वीकार गरेपछि मन्त्री चौधरी हिजो बर्खास्त भएका हुन्। हाल सुदूरपश्चिममा नेपाली कांग्रेसको नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार रहेको छ।

बहुमत कायम राख्न आवश्यक २७ सिटमध्ये कांग्रेससँग १८, एमालेसँग ११ र नाउपासँग ७ सांसद छन्। नाउपाले समर्थन फिर्ता लिए पनि सरकार अल्पमतमा पर्ने अवस्था छैन।