भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौं, १३ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सबै तहका नेताहरूलाई चाडपर्वका अवसरमा शुभकामना पत्रबाहेक कुनै पनि उपहार नलिन निर्देशन दिएको छ ।

सोमबार जारी विज्ञप्तिमा पार्टीका प्रवक्ता मनिष झाले पूर्व सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद सचिवालयमा बुझाउन अनुरोध गरेका छन् । “पार्टीका पूर्व सांसदहरूले तुरुन्तै रातो पासपोर्ट र सांसद परिचयपत्र बुझाउन अनुरोध गरिन्छ,”  विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, हालैको आन्दोलनका क्रममा ७५ जनाले ज्यान गुमाएको अवस्थालाई दृष्टिगत गर्दै पार्टीले यस पटक राष्ट्रिय शोकको वातावरणमा चाडपर्व कार्यक्रम नगर्न रास्वपाका सम्पूर्ण पंक्तिलाई आग्रह समेत गरेको छ । पार्टीले ब्यानर, झन्डा वा औपचारिक कार्यक्रम बिना चाडपर्व मनाउन आह्वान गरेको छ ।

काठमाडौँ , २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्ने विषयमा सभामुख देवराज घिमिरेले कुनै ठोस कदम चाल्ने सम्भावना हालको कानुनी व्यवस्थाअनुसार न्यून देखिएको छ। सम्पत्ति शुद्धीकरणको अभियोगमा जिल्ला अदालत, कास्कीमा मुद्दा दायर भएपछि ८ पुस २०८१ देखि निलम्बनमा रहेका लामिछानेले सभामुखलाई दुई पटक भेटेर निलम्बन फुकुवाको आग्रह गरेका थिए। तर, सभामुख र संघीय संसद सचिवालयले यो विषय आफ्नो क्षेत्राधिकारभन्दा बाहिर रहेको बताएका छन्।

सभामुख घिमिरेले रविसँगको भेटमा “यो विषयमा म चुप लागेको छैन, कानुनी परामर्शमा छु” भन्दै जवाफ दिएका थिए। उनका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार, सभामुखले निलम्बनको निर्णय आफूले नगरेको र सचिवालयले कानुनअनुसार सूचना मात्र जारी गरेको स्पष्ट पारेका छन्। सम्पत्ति शुद्धीकरण ऐन, २०६४ को दफा २७ मा मुद्दा दायर भएपछि सार्वजनिक पदमा रहेको व्यक्ति स्वतः निलम्बनमा पर्ने र मुद्दाको किनारा नलागेसम्म निलम्बन कायम रहने व्यवस्था छ। “जसले निलम्बन गर्न सक्दैन, उसले फुकुवा गर्ने अधिकार पनि राख्दैन,” एक सहसचिवले भने।

सम्पति शुद्धिकरण एेन दफा २७

रास्वपाको असन्तुष्टि र अदालती बाटो
यता रास्वपाले सभामुखले निलम्बनमा विवेक नपुर्‍याएको आरोप लगाउँदै आएको छ। पार्टीका प्रमुख सचेतक सन्तोष परियारले “राजनीतिक प्रतिशोधका आधारमा अघि बढेको मुद्दाले निलम्बन गर्नु गलत छ” भन्दै निलम्बन लम्ब्याउन नहुने बताए। उनका अनुसार, कास्की प्रहरीको पत्रका आधारमा मात्र निलम्बन गर्नु उचित थिएन। सभामुखले महान्यायाधिवक्तासँग परामर्श गरे पनि सरकारी वकिलहरूले “कानुनअनुसार भएको निलम्बनमा हस्तक्षेप गर्न नसकिने” जवाफ दिएपछि सचिवालय मौन बसेको छ।

रास्वपाले अब अदालत जाने विकल्पमा छलफल गरिरहेको छ। परियारले भने, “सभामुखबाट समाधान नदेखिए हामी न्यायालयको ढोका ढकढक्याउने छौँ।” यदि रास्वपाले सर्वोच्च अदालतमा रिट दायर गरेर निलम्बनको वैधानिकतामाथि प्रश्न उठायो भने यो विवादले नयाँ मोड लिन सक्छ।

कानुनी अवस्था र सम्भावित निकास
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले “हामीले स्वतः निलम्बनको सूचना मात्र जारी गरेका हौँ, निर्णय गरेको होइन” भनेर प्रष्ट्याए। भ्रष्टाचार निवारण ऐन र सम्पत्ति शुद्धीकरण ऐन दुवैमा यस्तो व्यवस्था रहेकोले सचिवालय सूचकको भूमिकामा मात्र सीमित छ। कानुनी परामर्शमा संलग्न एक सरकारी वकिलले भने, “जिल्ला अदालतले सफाइ नदिएसम्म वा संसदले कानुन संशोधन नगरेसम्म निलम्बन फुकुवा असम्भव छ।”

जिल्ला अदालत, कास्कीमा रविविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधको मुद्दा विचाराधीन छ। थुनछेक आदेशपछि दुवै पक्ष उच्च अदालत, पोखरा पुगेका छन्। मुद्दाको किनारा लाग्न समय लाग्ने देखिएकाले रविको निलम्बन तत्काल फुकुवा हुने सम्भावना कम छ।