भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौं, १२ जेठ । प्रतिनिधि सभाका ६ जना सांसदले कानुनअनुसार बुझाउनुपर्ने सम्पत्ति विवरण अझै पेश नगरेको तथ्य सार्वजनिक भएको छ । संघीय संसद् सचिवालयले दिएको समयसीमाभित्र ती सांसदले आफ्नो सम्पत्ति विवरण नबुझाएका हुन् ।

संसद् सचिवालयले प्रतिनिधि सभाका सदस्यहरूलाई जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो । तर निर्धारित अवधिसम्म ६ जना सांसदले विवरण नबुझाएको सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार २५४ जना सांसदले भने समयमै आफ्नो सम्पत्ति विवरण पेश गरेका छन् । हाल २७५ सदस्यीय प्रतिनिधि सभामा १७ जना मन्त्री रहेका छन् । मन्त्रीहरूले भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाउने व्यवस्था रहेको छ ।

सचिवालयका अनुसार एक जना बहालवाला मन्त्री तथा पदमुक्त भएका अर्का एक मन्त्रीले समेत संसद् सचिवालयमै पुगेर सम्पत्ति विवरण बुझाएका छन् ।

यी हुन् विवरण नबुझाउने सांसद

सम्पत्ति विवरण नबुझाउने सांसदहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५ जना र नेपाल कम्युनिस्ट पार्टीका १ जना रहेका छन् । सचिवालयले सार्वजनिक गरेको विवरणअनुसार सम्पत्ति विवरण नबुझाउने सांसदहरूमा धनबहादुर बुढा, आशा झा, कोमल ज्ञवाली, तपेश्वर यादव, प्रमोद कुमार महतो र रबिन महतो रहेका छन् ।

कानुनमा के छ व्यवस्था ?

भ्रष्टाचार निवारण ऐन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार सार्वजनिक पद धारण गर्ने व्यक्तिले पद ग्रहण गरेको ६० दिनभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।

सोही प्रावधानअनुसार संसद् सचिवालयले फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदहरूलाई सूचना जारी गर्दै जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउन आग्रह गरेको थियो । 

मुख्य बुँदा

संसद् भवन तोडफोड, आगजनी र लुटपाटमा चोरी भएका सामान फिर्ता गर्न आह्वान

टेबल, कुर्सी, कम्प्युटर, टेलिभिजन, क्यामेरा, माइकसहितका उपकरण हराए

फिर्ता गर्न वा जानकारी दिन सचिवालयको आग्रह

भिडियो फुटेज उपलब्ध गराउनेको पहिचान गोप्य राखिने आश्वासन

काठमाडौँ, ३० भाद्र । संघीय संसद् सचिवालयले भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको तोडफोड, आगजनी र लुटपाटका क्रममा चोरी भएका सामान फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ।

सचिवालयका अनुसार, तोडफोडपछि गरिएको अनुगमन र विभिन्न स्रोतबाट प्राप्त सूचनामा टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, स्पिकर, फोटोकपी मेसिनलगायतका विद्युतीय उपकरण अनधिकृत रूपमा लगिएको देखिएको छ।

सचिवालयले ती सामान कसैले आफूसँग राखेको भए तुरुन्त फिर्ता गर्न अनुरोध गरेको छ। साथै, ती सामानहरू कहाँ छन् वा कसले लगेको हो भन्नेबारे जानकारी भए सचिवालयलाई सूचित गर्न पनि आग्रह गरिएको छ।

यस घटनासम्बन्धी कुनै भिडियो फुटेज भए उपलब्ध गराउन आह्वान गरिएको छ। सचिवालयले सूचना वा भिडियो उपलब्ध गराउने व्यक्तिको पहिचान गोप्य राखिने स्पष्ट गरेको छ।