भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

तराई–मधेशमा हुस्सु–कुहिरो केही घट्यो, चिसो भने उस्तै

तराई–मधेशमा हुस्सु–कुहिरो केही घट्यो, चिसो भने उस्तै

काठमाण्डौ, ७ पुष । तराई–मधेश क्षेत्रमा पछिल्ला दुई दिनको तुलनामा आज हुस्सु र कुहिरो केही कम देखिएको छ। यद्यपि चिसोको प्रभाव भने उस्तै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण तराई भूभागमा तापक्रम हल्का घट्न सक्ने अनुमान गरिएको छ भने बिहानको समयमा हुस्सु र कुहिरोको प्रभावले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने देखिन्छ।

पश्चिमी वायुको प्रभावले केही दिनयता दिउँसोपख आकाशमा आंशिक रूपमा बादल लाग्ने गरेको छ। तर तत्काल वर्षा हुने सम्भावना भने नरहेको मौसमविद्हरूले बताएका छन्। मौसमविदका अनुसार पश्चिमी वायुले तराई–मधेश क्षेत्रमा लागेको बाक्लो हुस्सु हटाउन केही हदसम्म सहयोग गरेको हो।

पछिल्ला केही दिनयता तराई–मधेशका विभिन्न जिल्लामा दिनभरजसो हुस्सु र कुहिरो लाग्दा घाम नलाग्ने अवस्था देखिएको थियो। घाम नलाग्दा चिसो बढेको र पुस महिनाको कठ्यांग्रिँदो जाडोले विशेषगरी विपन्न नागरिकलाई बढी समस्या भएको छ।

हुस्सु र कुहिरोका कारण पारदर्शिता कम हुँदा धनगढी, नेपालगञ्ज, भैरहवा, विराटनगर, चन्द्रगढी, सिमरा लगायतका तराईका प्रमुख विमानस्थलमा हवाई उडान समयमा हुन नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहानको समयमा यात्रा गर्दा सावधानी अपनाउन र जाडोबाट बच्ने उपाय अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.