भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति

सिन्धुपाल्चोक, २२ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा गएराति सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) मा उल्लेख्य भौतिक क्षति पुगेको छ।

सशस्त्र प्रहरीका अनुसार गएराति करिब १ः१५ बजेतिर बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेको हो। पहिरोसँगै झरेका ठूला ढुङ्गाहरू आपसमा ठोक्किँदै उछिट्टिएर बीओपी परिसरका विभिन्न संरचनामा पुगेपछि क्षति भएको जनाइएको छ।

घटनामा कुनै मानवीय क्षति नभएको सशस्त्र प्रहरीले जनाएको छ। यद्यपि कार्यालय परिसरभित्र रहेका विभिन्न भवन तथा संरचनामा भने उल्लेख्य क्षति पुगेको छ। प्राप्त विवरणअनुसार पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ। दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल परेको छ भने जस्ताको छानामा ६ वटा प्वाल परेका छन्। त्यस्तै, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको छ।

यसैगरी राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा नष्ट भएको छ। जिन्सी स्टोर भवनमा तीन वटा प्वाल परेको, सिनियर अफिसरको बाथरुमको भित्तामा समेत प्वाल परेको र एउटा हिमाली ज्याकेटमा ढुङ्गा लागेर क्षति पुगेको प्रहरीले जनाएको छ। मुख्य गेट अगाडिको सिँढीमा पनि पहिरोले क्षति पुर्‍याएको छ।

घटनापछि सुरक्षा निकायले क्षतिको विवरण संकलन गर्नुका साथै आवश्यक सतर्कता अपनाएको जनाएको छ। पहिरोको जोखिम कायमै रहेकाले उक्त क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारण तथा सवारीसाधनलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.