भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डद्वारा तीज सन्देश : संयम, आत्म–अनुशासन र लैङ्गिक समानताको जोड

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डद्वारा तीज सन्देश : संयम, आत्म–अनुशासन र लैङ्गिक समानताको जोड

काठमाडौँ, १० भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीज पर्वको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका छन्।

तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएकोप्रति असन्तुष्टि जनाएका हुन्। उनले प्राचीन समयमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको स्मरण गर्दै अहिले महिलामात्र व्रत बस्ने परम्परा बनेको बताए।

संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको उल्लेख गर्दै उनले पछिल्लो समयमा विज्ञानले पनि व्रतलाई स्वास्थ्य लाभसँग जोड्न थालेको धारणा राखे।

प्रधानमन्त्री ओलीले तीजले संयुक्त परिवार संस्कृतिलाई बलियो बनाउने र समाजमा सौहार्द फैलाउने विश्वास व्यक्त गर्दै सबै दिदीबहिनीहरूलाई मंगलमय शुभकामना दिएका छन्।

यसैबीच, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीजलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

शुभकामना सन्देशमार्फत उनले देश–विदेशमा रहेका सम्पूर्ण आमा तथा दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् दीर्घ जीवनको कामना गरेका छन्।

दाहालले तीजको मौलिक पक्षको संरक्षण गर्दै समाजमा आएका परिवर्तनलाई आत्मसात् गर्दै यसलाई महिलाको अधिकार र सामाजिक सशक्तीकरणसँग जोड्न सकिने विश्वास व्यक्त गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.