भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

टेलिग्रामका सीईओ पवेल डुरोव पक्राउ

टेलिग्रामका सीईओ पवेल डुरोव पक्राउ

काठमाडौं । टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक (सीईओ) पवेल डुरोव पक्राउ परेका छन् । निजी जहाजबाट फ्रान्सको बुर्जेट विमानस्थलमा अवतरण गरेलगत्तै उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको बीबीसीले जनाएको छ । उनलाई टेलिग्रामसँग सम्बन्धित मुद्दामा पक्राउ गरेको फ्रान्सेली प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

डुरोव रुसी–फ्रान्सेली अर्बपति हुन् । उनको पक्राउपछि फ्रान्समा रहेको रुसी राजदूतावासले तत्काल समन्वय गर्ने भनेको रुसी समाचार संस्था तासले उल्लेख गरेको छ ।

झन्डै एक अर्ब प्रयोगकर्ता रहेको टेलिग्राम युरोपेली देशहरूमा लोकप्रिय छ । रुसले युक्रेनमा आक्रमण गरेका बेला धेरै प्रयोग भएको सामाजिक सञ्जाल टेलिग्राम हो । यो फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र विच्याट पछिको प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमध्ये एक हो ।

रुसी सरकारलाई सूचना नदिँदा सन् २०१८ मा टेलिग्राम बन्द गरिएको थियो । सन् २०२१ पछि भने सञ्चालनमा छ । अहिले टेलिग्रामको मुख्यालय यूएईमा छ ।

डुरोफले सन् २०१३ मा टेलिग्राम स्थापना गरेका थिए । सन् २०१४ मा रुस छाडेका डुरोव सन् २०२१ मा फ्रान्सको नागरिक बनेका थिए । पछिल्लो समय टेलिग्रामको बढ्दो लोकप्रियतासँगै फ्रान्ससहित युरोपेली देशहरूमा सुरक्षा र तथ्याङ्क चुहावटलाई लिएर चिन्ताहरू प्रकट हुने गरेका छन् ।

यस वर्षभित्र मासिक प्रयोगकर्ताको सङ्ख्या एक अर्ब पुर्‍याउने लक्ष्य राखेको टेलिग्रामले डुरोफ पक्राउ परेको बारेमा केही प्रतिक्रिया दिएको छैन ।एजेन्सी