भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

देशभर तापक्रम बढ्दो क्रममा

देशभर तापक्रम बढ्दो क्रममा

काठमाडौँ । देशभर तापक्रम बढ्दो क्रममा रहेको छ । केही दिनयता देशभरको तापक्रम बढ्न थालेको हो । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाको भनाई छ ।

कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । शनिबार नेपालगञ्ज र धनगढीको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको हो ।

कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । धेरै सहरमा ४० प्रतिशतसम्म वर्षाको सम्भावना रहेको छ ।

वीरेन्द्रनगर, जनकपुर र भैरहवामा अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । यसैगरी घोराही र सिमरामा ३१ डिग्री सेल्सियस तथा दिपायलमा ३० डिग्री सेल्सियस तापक्रमसम्म पुग्ने पूर्वानुमान छ ।

 


Thali Mobile Pvt.Ltd.