भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

ठगी आराेप लागेकी लेखा समिति सभापति पोखरेलपत्नी अञ्जलालाई १० लाख धरौटी

ठगी आराेप लागेकी लेखा समिति सभापति पोखरेलपत्नी अञ्जलालाई १० लाख धरौटी

मोरङ । धनपालथान गाउँपालिका– ४ कर्सिया बजारस्थित उमागौरी कृषि सहकारी संस्थाको ठगी कसुरकी प्रतिवादी अञ्जला कोइराला धरौटी तारेखमा रिहा भएकी छिन् ।

सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी एवं सहकारीकी पूर्वसञ्चालक समिति सदस्य अञ्जला बुधबार मोरङ जिल्ला अदालतमा हाजिर भएकी थिइन् ।

अदालतमा दिएको बयानपछि भएको थुनछेक बसहपछि मोरङ जिल्ला अदालतले बाहिरै बसेर पुर्पक्ष गर्न पाउने गरी १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

 


Thali Mobile Pvt.Ltd.