भर्खरै : Sorry, your browser does not support inline SVG.
विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ |

माघी नजिकिँदै जाँदा थारू समुदाय ढिक्री बनाउन व्यस्त

माघी नजिकिँदै जाँदा थारू समुदाय ढिक्री बनाउन व्यस्त

दाङ, २८ पुष । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ । माघी नजिकिएसँगै उहाँ ढिक्री बनाउनमै व्यस्त हुनुहुन्छ ।

त्यस्तै तुलसीपुर–१० बनकाउकी विझौनी थारूलाई पनि अहिले ढिक्री बनाउने फुर्सद छैन । उहाँहरू मात्रै होइन, माघी पर्व नजिकिँदै जाँदा थारू समुदायका अधिकांश घरमा ढिक्री बनाउने तयारी तीव्र भएको छ ।

थारू समुदायले हरेक चाडपर्वमा मुख्य परिकारका रूपमा ढिक्री पकाउने गर्छन् । विशेषगरी सुँगुरको मासु, माछा, घोँगी लगायतका परिकारसँग ढिक्री खाने चलन छ । यी परिकार थारू समुदायका परम्परागत तथा प्रख्यात खाना मानिन्छन् ।

ढिक्री चामलको पीठोबाट बनाइन्छ । चामल पिसेर त्यसलाई पानीले मुछिन्छ र त्यसपछि लाम्चो आकार दिइन्छ । खासगरी माघीमा लाम्चो, दशैँमा गोलो र तिहारमा चेप्टो दियो जस्तो आकार बनाएर ढिक्री तयार पारिन्छ ।

यसरी तयार पारिएको ढिक्रीलाई पानीको बाफमा करिब आधा घण्टा जति उसिनाएपछि खान योग्य हुन्छ । उसिनेर बनाइने भएकाले ढिक्री स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ ।

यसमा न त चिल्लो प्रयोग हुन्छ, न त चिनी नै हालिन्छ । ढिक्री खाएमा आयु बढ्छ भन्ने पौराणिक विश्वाससमेत थारू समुदायमा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.