भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

माघी नजिकिँदै जाँदा थारू समुदाय ढिक्री बनाउन व्यस्त

माघी नजिकिँदै जाँदा थारू समुदाय ढिक्री बनाउन व्यस्त

दाङ, २८ पुष । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ । माघी नजिकिएसँगै उहाँ ढिक्री बनाउनमै व्यस्त हुनुहुन्छ ।

त्यस्तै तुलसीपुर–१० बनकाउकी विझौनी थारूलाई पनि अहिले ढिक्री बनाउने फुर्सद छैन । उहाँहरू मात्रै होइन, माघी पर्व नजिकिँदै जाँदा थारू समुदायका अधिकांश घरमा ढिक्री बनाउने तयारी तीव्र भएको छ ।

थारू समुदायले हरेक चाडपर्वमा मुख्य परिकारका रूपमा ढिक्री पकाउने गर्छन् । विशेषगरी सुँगुरको मासु, माछा, घोँगी लगायतका परिकारसँग ढिक्री खाने चलन छ । यी परिकार थारू समुदायका परम्परागत तथा प्रख्यात खाना मानिन्छन् ।

ढिक्री चामलको पीठोबाट बनाइन्छ । चामल पिसेर त्यसलाई पानीले मुछिन्छ र त्यसपछि लाम्चो आकार दिइन्छ । खासगरी माघीमा लाम्चो, दशैँमा गोलो र तिहारमा चेप्टो दियो जस्तो आकार बनाएर ढिक्री तयार पारिन्छ ।

यसरी तयार पारिएको ढिक्रीलाई पानीको बाफमा करिब आधा घण्टा जति उसिनाएपछि खान योग्य हुन्छ । उसिनेर बनाइने भएकाले ढिक्री स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ ।

यसमा न त चिल्लो प्रयोग हुन्छ, न त चिनी नै हालिन्छ । ढिक्री खाएमा आयु बढ्छ भन्ने पौराणिक विश्वाससमेत थारू समुदायमा रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.