भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

रेशम चौधरीको टिप्पणीप्रति थरुहट थारुवान् संयुक्त सङ्घर्ष समितिको कडा आपत्ति

रेशम चौधरीको टिप्पणीप्रति थरुहट थारुवान् संयुक्त सङ्घर्ष समितिको कडा आपत्ति

काठमाडौँ, १३ भदौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरीको पछिल्लो अभिव्यक्तिप्रति थरुहट थारुवान् संयुक्त सङ्घर्ष समितिले कडा आपत्ति जनाएको छ । समितिले चौधरीले थारु नेताहरूलाई दोषारोपण गरेको अभिव्यक्तिलाई “निराधार र आन्दोलनको मर्म विपरीत” भन्दै सार्वजनिक माफी माग्न माग गरेको छ ।

गत साता नेपाल मगर सङ्घले आयोजना गरेको स्व. गोरेबहादुर खपाङ्गी मगरको नवौं स्मृति दिवसमा चौधरीले “मलाई थारु नेताहरूले जेल पठाए” भन्ने आशयको टिप्पणी दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर संघर्ष समितिले चौधरीप्रति गम्भीर आपत्ति जनाएको हो । संघर्ष समितिका संयोजक प्रेमीलाल चौधरीले जारी गरेको विज्ञप्तिमा चौधरीको आरोपलाई कपोकल्पित, भ्रामक र दुर्भावनापूर्ण भनिएको छ । साथै, आन्दोलनको मर्ममाथि प्रहार गर्दै गरिएको टिप्पणी थारु समुदायप्रति बेइमानी भएको दाबी गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “थारु नेताहरूले झ्यालखानामा पु-याएको भन्नु केवल व्यक्तिगत असन्तुष्टि होइन, यो सम्पूर्ण आन्दोलन र नेतृत्वमाथिको अविश्वास र अपमान हो ।”  थरुहट थारुवान् संयुक्त सङ्घर्ष समितिले विगतदेखि नै थारु समुदायका अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको दाबी गरेको छ ।

विशेष रूपमा:

  • ४१ बुँदे मागको कार्यान्वयन
  • राज्यसँग भएका सहमति–सम्झौताहरूको पालना
  • टीकापुर घटनासम्बन्धी न्यायिक प्रतिवेदनको सार्वजनिकता
  • राजबन्दीहरूको रिहाइ
  • शहीद तथा घाइते परिवारहरूको पुनर्स्थापना

यी सबै विषयमा समिति अग्रसर रहेको उल्लेख गर्दै समितिले रेशम चौधरीको अभिव्यक्तिले आन्दोलनको पवित्रता नै खल्बल्याउने खतरा रहेको चेतावनी दिएको छ । समितिले रेशम चौधरीलाई तत्काल उक्त अभिव्यक्ति फिर्ता लिनुका साथै सार्वजनिक रूपमा माफी माग्न आह्वान गरेको छ । अन्यथा थारु समुदाय र आन्दोलनप्रति अपमानजनक व्यवहारका विरुद्ध संघर्ष चर्काउने चेतावनी समेत दिएको छ ।

रेशम चौधरीको टिप्पणीप्रति थरुहट थारुवान् संयुक्त सङ्घर्ष समितिको कडा आपत्ति

 


Thali Mobile Pvt.Ltd.