भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

धार्के सडकमा निजी जग्गा मिचिएको भन्दै नेवा: राष्ट्रिय परिषदद्वारा तारबार

धार्के सडकमा निजी जग्गा मिचिएको भन्दै नेवा: राष्ट्रिय परिषदद्वारा तारबार

काठमाडौं, १३ भदौ । धादिङको धार्के क्षेत्रमा सडक निर्माणका क्रममा निजी जग्गा मिचिएको आरोप लगाउँदै नेवा: राष्ट्रिय परिषदको नेतृत्वमा स्थानीयबासीले सडकमा तारबार लगाएका छन् ।
उनीहरूले धुनिबेसी नगरपालिका–५ स्थित बिमला महर्जनको करिब ३ रोपनी १५ आना २ पैसा जग्गा मापदण्ड विपरीत पिच गरिएको दाबी गरेका छन् ।

नेवा: राष्ट्रिय परिषदका अध्यक्ष सुमन सायमीले बताएअनुसार, बिमला महर्जनको नाममा रहेको जमिन मापदण्डअनुसार सडक निर्माणमा आवश्यक परेभन्दा बढी उपयोग गरिएको छ । उनले भने, “बाटोमा दिनुपर्ने जग्गाबाहेकको जमिन फिर्ता दिलाउन हामीले सडकमै तारबार लगाएका हौं । बिमला महर्जनलाई न्याय दिलाउन यो कदम चालिएको हो ।”

सडकमा तारबार लगाउने कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।उनीहरूले घटनालाई निजी सम्पत्तिको उल्लंघन र न्यायविना गरिएको सरकारी कामको रुपमा लिँदै त्यसविरुद्ध आवाज उठाएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.