भर्खरै : Sorry, your browser does not support inline SVG.
पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना | पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह |

हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको हो।

नेपाली टिमको मुख्य प्रशिक्षकमा शक्ति गौचन रहेका छन् भने सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द रहेका छन्। मंसिर १४ देखि २३ गतेसम्म (नोभेम्बर २९ देखि डिसेम्बर ८) हुने यू–१९ एशिया कपमा नेपालसहित आठ देशले भाग लिदै छन्।

जसमा हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), आकास त्रिपाठी, उत्तम रंगु थापा मगर, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, अपराजित पौडल, अविशेख तिवारी र रन्जीत कुमार रहेका छन्।

प्रतियोगितामा सहभागी ८ देशलाई २ समूहमा विभाजन गरिएको छ। नेपाल समूह बी मा रहेको छ। नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन्। समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन्। हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग तथा तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने छ। एकदिवसीय फर्म्याटमा हुने प्रतियोगिताको आयोजना युएईले गर्दै छ। एसीसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन्।

जसमा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए भने नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए। गत अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो।

 


Thali Mobile Pvt.Ltd.