भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नयाँ भवनको शिलान्यास भाेलि

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नयाँ भवनको शिलान्यास भाेलि

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको उपप्रधानमन्त्री प्रकाशमान सिंहले शिलान्यास गर्ने भएका छन् । दक्षिण कोरिया सरकारको आर्थिक सहयोगमा निर्माण हुने उक्त भवनको भोलि शिलान्यास कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

यसभन्दा पहिले काेरियन सरकारबाट नेपाल-कोरिया मैत्री नगरपालिका अस्पताल विस्तारका लागि ८.५ मिलियन अमेरिकी डलर सहयोग प्राप्त भएको थियाे । कोईकाबाट ८.५ मिलियन डलरको सहयोग प्राप्त भएकाे हाे ।

नगरपालिका अस्पतालको विस्तार र सुविधासम्पन्न बनाउन कोईकाले थप सहयोग गरेको नगरपालिकाले जनाएकाे छ । कोईकाको सहयोग रकमले अस्पताल विकास, विस्तार र विकटमा नागरिकको स्वास्थ्य उपचारमा टेवा पुग्ने विश्वास लिइएकाे छ ।

भक्तपुर, काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोक रेफरल अस्पतालको रूपमा मध्यपुर थिमि नेपाल-किरिया मैत्री नगरपालिका अस्पतालको नयाँ भवन बन्ने कमचार्यको भनाई छ । यो अत्याधुनिक र सुविधासम्पन्न अस्पताल बन्ने नगरप्रमुख सुरेन्द्र श्रेषठले बताए ।

 


Thali Mobile Pvt.Ltd.