भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नयाँ भवनको शिलान्यास भाेलि

नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल नयाँ भवनको शिलान्यास भाेलि

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको उपप्रधानमन्त्री प्रकाशमान सिंहले शिलान्यास गर्ने भएका छन् । दक्षिण कोरिया सरकारको आर्थिक सहयोगमा निर्माण हुने उक्त भवनको भोलि शिलान्यास कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

यसभन्दा पहिले काेरियन सरकारबाट नेपाल-कोरिया मैत्री नगरपालिका अस्पताल विस्तारका लागि ८.५ मिलियन अमेरिकी डलर सहयोग प्राप्त भएको थियाे । कोईकाबाट ८.५ मिलियन डलरको सहयोग प्राप्त भएकाे हाे ।

नगरपालिका अस्पतालको विस्तार र सुविधासम्पन्न बनाउन कोईकाले थप सहयोग गरेको नगरपालिकाले जनाएकाे छ । कोईकाको सहयोग रकमले अस्पताल विकास, विस्तार र विकटमा नागरिकको स्वास्थ्य उपचारमा टेवा पुग्ने विश्वास लिइएकाे छ ।

भक्तपुर, काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोक रेफरल अस्पतालको रूपमा मध्यपुर थिमि नेपाल-किरिया मैत्री नगरपालिका अस्पतालको नयाँ भवन बन्ने कमचार्यको भनाई छ । यो अत्याधुनिक र सुविधासम्पन्न अस्पताल बन्ने नगरप्रमुख सुरेन्द्र श्रेषठले बताए ।

 


Thali Mobile Pvt.Ltd.