भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने

कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने

काठमाण्डौ । चार दिनदेखि आन्दोलनरत दोलखा जिल्लावासी, करार कर्मचारीहरूसँग सहमति भएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने भएपछि सहमति भएको हो ।

दुई पक्षबीच भएको सहमतिमा आयोजना सञ्चालक समितिको आउँदो बस्ने पहिलो बैठकमा गएको फागुन महिनादेखि कार्यान्वयन हुने गरी चैत महिनाको तलबमा समावेश गराउन सहमति भएको जनाइएको छ ।

कम्पनीको प्रतिबद्धता अनुसार अब बाहिर जिल्लाबाट आएका र दोलखा जिल्लावासी करार कर्मचारीको तलब तथा अतिरिक्त सुविधाहरू समान हुनेछन् । त्यस्तै एकरूपता कायम गरिएको सेवा सुविधा गएको फागुन महिनादेखि नै लागू हुनेछ ।

कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने प्रतिबद्धता जनाएको छ । सहमतिसँगै कर्मचारीहरूले सङ्घर्षका सबै कार्यक्रम फिर्ता लिएका छन् विहिबारदेखि कर्मचारी नियमित काममा फर्किएका छन् ।

यसअघि कम्पनीले जिल्लाबाहिरकालाई ७५ र दोलखाकालाई ५० प्रतिशत सुविधा दिँदै आएको थियो । यो सहमति कार्यान्वयन भएपछि सेवामा एकरूपता आउने भएको छ । त्यसबाट जिल्लावासी कर्मचारीहरूको तलबसमेत बढ्ने निश्चित भएको छ ।

 


Thali Mobile Pvt.Ltd.