भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सहज रूपमा काम गर्ने वातावरण बनाउन आयोगसंग किसानको माग

सहज रूपमा काम गर्ने वातावरण बनाउन  आयोगसंग किसानको माग

काठमाण्डौ । किसानका समस्या समाधन गर्न किसान आयोगसंग किसानले माग गरेका छन् । किसानको समस्या समाधानका लागि बनेको किसान आयोग समस्या समाधानतर्फ लाग्नुपर्ने बताएका हुन ।

किसानका उत्पादनको उचित मूल्यका निम्ति आयोग सक्रिय हुनुपर्नेमा सरोकारवालाले जोड दिएका हुन । किसान सूचीकरण कार्यक्रम प्रभावकारी कार्यान्वयनका सम्बन्धमा राष्ट्रिय किसान आयोगले चितवनमा गरेको छलफलमा सहभागी किसानले आयोगलाई सहज रूपमा काम गर्ने वातावरण बनाउन माग गरेका हुन् ।

सहभागीले किसानको हकहितका विषयमा आवाज उठाउन आयोगलाई आग्रह गरेका छन् । किसानको सूचीकरणका लागि पालिकालाई अधिकार सम्पन्न बनाउनसमेत किसानले माग गरेका छन् । अहिले नेपालमा २० लाख ७१ हजार १ सय ६ जना किसानले सूचीकरणका लागि आवेदन दिएका कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशमा मात्र ३ लाख २९ हजार ८ सय ७६ जना किसान छन् । नेपाल किसान महासङ्घ बागमती प्रदेश उपाध्याक्ष प्रतिभा पाण्डेले किसानका समस्याप्रति आयोग संवेदनशील हुनुपर्ने सहभागीहरुको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.