भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

भ्रष्टाचार मुद्दामा यादवले सफाई पाएपछी निलम्बन फुकुवा

भ्रष्टाचार मुद्दामा यादवले सफाई पाएपछी निलम्बन फुकुवा

दाङ । निलम्बनमा परेका लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवको फुकुवा भएको छ। सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा सदस्य यादवको निलम्बन फुकुवा भएको प्रदेश सभाको चौथो अधिवेशनको ११औं बैठकमा जानकारी गराएका हुन ।

प्रदेश सभाले यादवलाई गत फागुन ११ गते मुद्दाको अन्तिम किनारा नलागे सम्मको लागी निलम्बन गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति वन पैदावारको हानी नोक्सानी गरी भष्ट्राचार गरेको शिर्षकमा विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

यादव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेश सभामा राप्रपाका ४ जना सांसद छन्।

मुद्दामा यादवले सफाई पाएपछी प्रदेश सभाले निलम्बन फुकुवा गरेको हो। विशेष अदालतले जेठ ९ गते यादवलाई सफाई दिएको थियो। मुद्धाको फैसला भएको र यादवले सफाई पाएको बारेमा प्रदेश सभामा पत्र प्राप्त भएपछी निलम्बन फुकुवा गरिएको सभामुख घर्तीमगरको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.