भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भ्रष्टाचार मुद्दामा यादवले सफाई पाएपछी निलम्बन फुकुवा

भ्रष्टाचार मुद्दामा यादवले सफाई पाएपछी निलम्बन फुकुवा

दाङ । निलम्बनमा परेका लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवको फुकुवा भएको छ। सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा सदस्य यादवको निलम्बन फुकुवा भएको प्रदेश सभाको चौथो अधिवेशनको ११औं बैठकमा जानकारी गराएका हुन ।

प्रदेश सभाले यादवलाई गत फागुन ११ गते मुद्दाको अन्तिम किनारा नलागे सम्मको लागी निलम्बन गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति वन पैदावारको हानी नोक्सानी गरी भष्ट्राचार गरेको शिर्षकमा विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

यादव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेश सभामा राप्रपाका ४ जना सांसद छन्।

मुद्दामा यादवले सफाई पाएपछी प्रदेश सभाले निलम्बन फुकुवा गरेको हो। विशेष अदालतले जेठ ९ गते यादवलाई सफाई दिएको थियो। मुद्धाको फैसला भएको र यादवले सफाई पाएको बारेमा प्रदेश सभामा पत्र प्राप्त भएपछी निलम्बन फुकुवा गरिएको सभामुख घर्तीमगरको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.