भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

आजको मौसमः उपत्यकामा चट्याङसहित मध्यम वर्षा,मध्यपश्चिमीमा हावाहुरीको सम्भावना

आजको मौसमः उपत्यकामा चट्याङसहित मध्यम वर्षा,मध्यपश्चिमीमा हावाहुरीको सम्भावना

काठमाडौं । आज बिहानैदेखि देशका केही भूभागमा पानी परेको छ । कोशी, मधेश, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका एक।दुई ठाउँमा आज बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेश र सुदूरपश्चिम प्रदेशलगायत पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली छ । मध्यपश्चिमी क्षेत्रका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ । आज दिउँसो काठमाडौं उपत्यकासहित बाग्मती, कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् बिनु महर्जनले बताइन् ।

आज काठमाडौं उपत्यकाको तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस रहने अनुमान छ भने सुदूरपश्चिम, लुम्बिनी र तराई मधेशका केही ठाउँमा तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

 


Thali Mobile Pvt.Ltd.