काठमाडौं । यस वर्ष धानको उत्पादन वृद्धि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि भएको हो । चालु आर्थिक वर्षमा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिक टन हुने प्रारम्भिक अनुमान रहेको र यो गत वर्षको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी रहेको मन्त्रालयले जनाएको छ ।
धान बाली लगाइएको क्षेत्रफल घटेको भए पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्विले उत्पादन वृद्धि भएको मन्त्रालयले जनाएको छ । “वर्षे र चैते दुवै गरी चालु आवमा कुल १४ लाख २० हजार छ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको अनुमान छ ।
जुन गत आवको तुलनामा एक दशमलव २८ प्रतिशतले कमि हो”, मन्त्रालयले भनेको छ, “औसत उत्पादकत्व चार दशमलव १९ मेट्रिक टन प्रतिहेक्टर पुगी हालसम्मको उच्च विन्दु कायम भएको छ ।” चालु आर्थिक वर्षमा मनसुन औसतभन्दा तीन दिन अगाडि सक्रिय हुन पुगेको र पर्याप्त वर्षा हुँदा उत्पादन बढेको जनाइएको छ । यस्तै, किसानले समयमा रासायनिक मल र उन्नत जातको बीउ पाएका कारण पनि उत्पादन बढेको मन्त्रालयको दाबी छ ।
प्रदेशगत रूपमा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा वृद्वि भएको छ भने बाँकी तीन प्रदेशमा कमी आएको छ । रुकुम पश्चिममा धान बाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा घटेकाले समग्र कर्णाली प्रदेशको उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ ।
यस्तै, नवलपरासी पूर्वको केही भागमा वर्षे धानको बाला नलाग्ने समस्या देखिदा उत्पादनमा कमी आएको र लमजुङ जिल्लामा धान बाली लगाइएको क्षेत्रफल परिमाण परिमार्जन हुँदा कुल धान बाली भित्र्याइएको क्षेत्रफलमा कमी आई उत्पादनमा कमी हुन पुगेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर, २९ असार । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नुभएकाे छ । शनिबार सूर्यविनायकमा खोप जिल्ला समन्वय समितिले आयोजना गरेको...
बेलबारी, २९ असार । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको...
काठमाडौँ, २९ असार । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विदेशी नागरिकलाई श्रम इजाजत दिने प्रक्रियामा कडाइ गर्ने निर्णय गरेको छ। नेपालमा विदेशी श्रमिकको संख्या बढ्दै गएपछि विभागले अब नेपाली...
म्याग्दी, २९ असार। धवलागिरि गाउँपालिका–६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट...