भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

बाढीले खेतबारीमा थुपारेको ढुङ्गा र फोहोर पन्छाएर बेथानचोकका किसान आलु रोप्ने तयारीमा

बाढीले खेतबारीमा थुपारेको ढुङ्गा र फोहोर पन्छाएर बेथानचोकका किसान आलु रोप्ने तयारीमा

काभ्रे । बेथानचोकका किसान बाढीले खेतबारीमा थुपारेको ढुङ्गा, रुखका जरा लगायत पन्छाएर आलु रोप्ने तयारीमा जुटेका छन् । गएको असोज दोस्रो हप्ताको बाढीले बगर बनाइदिएको खेतबारी सफा गरेर आलु रोप्ने तयारी गरेको स्थानीयबासिन्दा विनोद तिमल्सिनाले जानकारी दिनुभयो ।

पाट्ने खोलामा आएको बाढीले बारी पुरिएपछि बेथानचोक गाउँपालिका वडा नम्बर २ गेल्ढुङ बजार आसपास क्षेत्रका किसानले खेती गर्न पाएका थिएनन् । यस अघि आलु खेतीबाट राम्रो आम्दानी गर्दै आएका किसानहरु फेरी आलु खेतीमा जुटेका हुन् ।

बर्खामा बाढी आएर क्षती बेहोरेका स्थानीयबासिन्दा हिउँद लागेपछि खानेपानीको समस्या खेपिरहेका छन् । बाढीपहिरो गएको चार महिना बितिसक्दा पनि सरकारबाट पाउनुपर्ने सहयोग पाउन नसकेको उनीहरुको गुनासो छ ।

 


Thali Mobile Pvt.Ltd.