भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

शीतलहर तथा हुस्सु कुहिरोको समस्या बढ्यो, सतर्कता अपनाउन विभागको अनुरोध

शीतलहर तथा हुस्सु कुहिरोको समस्या बढ्यो, सतर्कता अपनाउन विभागको अनुरोध

काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नागरिकलाई शीतलहरबाट जोगाउन प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गरेको छ ।

सप्तरी, झापा, मोरङ र सुनसरीमा चलिरहेको मन्द शीतलहरबाट नागरिकलाई जोगाउँन प्राधिकरणले पत्राचार गरेको हो । शीतलहर तथा हुस्सु कुहिरोको समस्या बढेकोले तराईसहित सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई पात्राचार गरेको प्राधिकरणले जनाएको छ ।

हिमपातको जोखिम न्यूनीकरण र पूर्वतयारी कार्ययोजना–२०८१ को प्रभावकारी कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीहरूको ध्यानाकर्षण गराएको छ । पछिल्ला केही दिन बढेको तापक्रम फेरि घट्न थालेको छ । उच्च चापीय प्रणालीका कारण केही दिनअघि बढेको तापक्रम शुक्रवारदेखि भने घट्न थालेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले जनाएको छ्न ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि दिनभरि जसो हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित भएको छ । अबको तीन दिन वर्षा गराउने र हिमपात हुने प्रणाली नभएको तर तराई क्षेत्रमा शीतलहर तथा बाक्लो हुस्सु र कुहिरोको प्रभाव यथावत रहने मौसमविद्को भनाई छ ।

शीतलहरका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरुको दैनिक जीवनमा असर पर्ने हुनाले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.