भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

नदी तटीय क्षेत्रका बासीन्दालाई सजकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह

नदी तटीय क्षेत्रका बासीन्दालाई सजकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह

काठमाण्डौ । बिहीबार र शुक्रबार नदी तटिए क्षेत्रका बासीन्दालाई सजकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । देशभरका नदीमा पानीको बहाव उल्लेख्य बढ्ने भएकाले सजकता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

बिहीबार र शुक्रबार कोशी, मधेश, बाग्मती र कर्णाली प्रदेशमा आकस्मिक बहावको मध्यम जोखिम रहेको जनाएको छ । गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा भने आकस्मिक बहावको उच्च जोखिम रहने पूर्वानुमान रहेकोले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

नारायणी, बाग्मती, कमला, कन्काई, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह आसपास पुग्ने महाशाखाले पूर्वानुमान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.