भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

शेखर भन्छन्, ‘धनराज गुरुङले गनगन गर्न हुँदैन, दोषी भए सजाय भोग्नुपर्छ’

शेखर भन्छन्, ‘धनराज गुरुङले गनगन गर्न हुँदैन, दोषी भए सजाय भोग्नुपर्छ’

काठमाडौं । सहकारी प्रकरणमा जोडिएका उपसभापति धनराज गुरुङ दोषी देखिए कारवाही भोग्नुपर्ने कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन् । गुरुङ कांग्रेसको भए छुट दिनु पर्छ भन्ने होइन, दोषी भए कडा कारबाही गर्नु पर्ने तर्क उनको छ ।

मितेरी बचत तथा ऋण सहकारी संस्थाको अपचलनमा उपसभापति गुरुङको नाम मुछिएपछि कोइरालाले श्रीमती ज्योति गुरुङलाई फौजदारी मुद्दा लागाउनुृ पर्ने बताए । उनले भने, ‘धनराजजीको केसमा फौजदारी मुद्दा लाग्ला, फौजदारी मुद्दा लाग्दाखेरि धनराजजीलाई लाग्छ कि उहाँको श्रीमतीलाई लाग्ने हो ?

मेरो हिसाबले त श्रीमतीलाई लाग्नुपर्ने हो । उहाँले नेपाली काँग्रेसको उपसभापति, सांसदको हिसाबले जिम्मेवारी लिनुपर्छ, सरकारले कसरी लिन्छ ? कसरी जान्छ हेर्नु छ । म क्लियर छु, कसैले गलत काम गरेको छ भने त्यो सजायको भागी हुनुपर्छ । उहाँ नेपाली काँग्रेसको हो त्यस कारण पर्नुहुँदैन भन्ने कुरा होइन ।’

 


Thali Mobile Pvt.Ltd.