भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गरिरहेकी दुई विदेशी युवती लुटिए

धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गरिरहेकी दुई विदेशी युवती लुटिए

काभ्रे । बनेपा नगरपालिका–६ गोसाइँस्थानमा दुई विदेशी युवती लुटिएका छन् । लुटपाटको घटनामा संलग्न रहेको आधारमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्रा लुटिएका हुन ।

चक्कु देखाएर दुई विदेशी नागरिकलाई लुटेको खुल्न आएको छ । लुट्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाल छन् । लुटिएका सामानसहित उनीहरुलाई गए राति पक्राउ गरिएको प्रहरीले बताएको छ ।

ती दुई विदेशी युवतीलाई चक्कु देखाउँदै उनीहरुको साथमा रहेको आइफोन एकथान, स्मार्टवाच एकथान, डेबिड कार्ड एकथान, क्रेडिटकार्ड एकथान लुटेका थिए । विदेशी नागरिक लुटिएको खबर प्राप्त हुनासाथ बनेपास्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन भएको थियो । परिचालन भएको केही समय भित्रै उनीहरूलाई नियन्त्रणमा लिएर अहिले थप अनुसन्धान जारी राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.