भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चिसो सिरेटो र हुस्सुले तराईको जनजीवन कष्टकर

चिसो सिरेटो र हुस्सुले तराईको जनजीवन कष्टकर

काठमाण्डौ । चिसो सिरेटो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर बनेको छ । मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका धेरै ठाउँमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने र सिरेटो चल्न थालेको छ ।

हुस्सु र सिरेटोसँगै बढेको चिसोले बजार तथा कार्यालयहरुमा चहलपहल घटेको छ । अस्पतालहरुमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियाका बिरामी बढेका छन् । नागरिकलाई चिसोबाट बचाउन प्रदेश र पालिका सरकारले प्रभावकारी काम गर्न नसकेको पीडितको गुनासो छ । तर मधेश प्रदेश सरकारले राहत पठाउने र जनचेतना बढाउने काम भइरहेको दाबी गरेको छ ।

प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता दीपेन्द्र कुमार यादवले सबै जिल्लामा कम्बल पठाएको जानकारी दिनुभयो । नेपाली सेनामार्फत सबै जिल्लाहरुमा कम्बल पठाइएको र सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन कार्यालयले पालिकासँग समन्वय गरेर वितरण गर्ने उहाँको भनाइ छ ।

चिसोबाट बच्न अपनाउनुपर्ने सावधानीबारे चेतनामुलक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भइरहेको उहाँले उज्यालोलाई जानकारी दिनुभयो । यो हप्ताको शुरूदेखि नै तराईका धेरै ठाउँमा बाक्लो हुस्सुसँगै सिरेटो चल्न थालेको हो । तराईका धेरै ठाउँ र पहाडका उपत्यका तथा बेँसी क्षेत्रमा आज पनि हुस्सु र कुहिरो लागेको छ ।

पहाडी क्षेत्रमा बिहानपख लागेको कुहिरो दिउँसोपछि हटे पनि तराईमा दिनभरजसो हुस्सु लाग्ने गरेको छ । अझै केही दिन तराईको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.