भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको पहिलो घटना

दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको पहिलो घटना

एजेन्सी । राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्न दक्षिण कोरियाका प्रहरी अधिकारीहरू उनको घर पुगेका छन् । विवादमा परेका निलम्बित राष्ट्रपतिविरुद्ध केही दनअघि पक्राउ पुर्जी जारी भएको थियो ।

उनी गएको डिसेम्बरको शुरूमा सैनिक शासन लागू गर्ने ‘मार्शल ल’को अल्पकालीन घोषणाको कारण विवादमा तानिएका थिए । युनका वकिलले गैरकानूनी रुपमा पक्राउ पुर्जी जारी भएको भन्दै पक्राउ गर्न चुनौती दिइरहेका बीबीसीले जनाएको छ । तर शक्तिको दुरुपयोग गरेको र विद्रोह उक्साएको आरोपमा अनुसन्धान गरिरहेका अधिकारीहरूसमक्ष उपस्थित भएर अनुसन्धानमा नसघाएको भन्दै एक अदालतले यस युनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

युनलाई गएको डिसेम्बर १४ मा सांसदहरूले महाभियोगको पक्षमा मतदान गरेपछि निलम्बन गरिएको थियो । तर देशको संवैधानिक अदालतले यसलाई समर्थन गरेमा मात्र उनलाई पदबाट हटाउन सकिन्छ । दक्षिण कोरियामा राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको यो पहिलो घटना हो ।

उनलाई पक्राउ गर्न राष्ट्रपतिको निवासमा पुगेका प्रहरी अधिकारीलाई राष्ट्रपतिको सुरक्षा बलले रोकिरहेको छ । युनका धेरै समर्थकहरू केही दिनदेखि राष्ट्रपतिको निवास बाहिर भेला भएर बसेका छन् । उनीहरुले बिहानैदेखि राष्ट्रपति पक्राउको कदमविरुद्ध नाराजुलुस गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.