भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

मन्त्री र पीएसओलाई बाहिर निकालेर गाडीमा आगजनी

मन्त्री र पीएसओलाई बाहिर निकालेर गाडीमा आगजनी

काठमाडाैं । ललितपुरको बालकुमारीमा बा २ झ ५८६१ नम्बरको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको गाडीमा आगो लगाइदिएका छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले उक्त गाडीमा रहेका मन्त्री र पीएसओलाई बाहिर निकालेर गाडीमा आगो लगाएका थिए । यता ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले गाडीमा आगो लगाएको खबर प्राप्त भएको र अहिले उक्त क्षेत्रमा प्रहरी टोली पुगेको बताए ।

अहिले बालकुमारी क्षेत्र तनावग्रस्त रहेको छ । प्रदर्शनकारीले सडक अबरुद्ध समेत पारेका छन् ।

 


Thali Mobile Pvt.Ltd.