भर्खरै : Sorry, your browser does not support inline SVG.
जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने | धादिङको गजुरीमा सुख्खा पहिरो खस्यो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध |

अध्यक्षका लागि ८ जनाको नाम तयार

अध्यक्षका लागि ८ जनाको नाम तयार

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगले ४० जना आवेदक मध्येबाट आठ जनाको नाम छनौट गरेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिले ४० जनाको नाम सिफारिस गरेको हो ।

पाँच दिनभित्र प्रस्तावित नामहरु सम्बन्धमा उजुरी लिएर प्रक्रिया अघि बढ्ने जनाइएको छ । पदाधिकारी सिफारिसका लागि पुस २ गतेसम्म समय रहेकोमा मंसिर ३० गतेसम्म टुङ्गो लगाउने सिफारिस समितिको तयारी छ ।

संक्रमणकालीन न्याय आयोगको अध्यक्षका लागि मानव अधिकार आयोगका पूर्व सदस्य सुदिप पाठक, नेपाल बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, पूर्व न्यायाधीश डिल्लीराज आचार्य र प्रशाशकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहाल, विजय सिजापति, विश्वराज कोइराला, महेश थापा र अच्युतप्रसाद भण्डारी छनोटमा परेका छन् ।

सिफारिस समितिको शुक्रबार बसेको बैठकले दुवै आयोगका अध्यक्षका लागि ८ जनाको नाम तयार पारेको हो ।

 


Thali Mobile Pvt.Ltd.