भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युन विरुद्धको महाभियोगमा मतदान

सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युन विरुद्धको महाभियोगमा मतदान

एजेन्सी । सैन्य कानून घोषणा गरेकोमा दक्षिण कारियाका राष्ट्रपतिले माफी मागेका छन् । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मार्शल ल घोषणा गरेकामा माफि मागेका हुन ।

राष्ट्रपति युनले मार्शल ल घोषणालाई लिएर राजीनामा दिनेबारे भने केही उल्लेख गरेनन् । तर उनकै पार्टीका नेताले पनि राष्ट्रपतिले राजीनामा दिनुपर्ने बताएका छन् । यस्तै प्रमुख प्रतिपक्ष दलका नेताले राष्ट्रपति युनको भाषण ‘धेरै निराशाजनक’ भएको टिप्पणी गरेका छन् ।

सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युनविरुद्धको महाभियोगमा मतदान आजका लागि तय भएको छ । राष्ट्रपछि युनले पूरै देश र विश्वलाई चकित पार्ने गरी गएको मङ्गलवार राति मार्शल ल घोषणा गर्दै केही घण्टामै फिर्ता गरेका थिए ।

देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति युनले ुमार्शल ल घोषणा गर्ने आफ्नो निर्णयका लागि माफी मागेका हुन । आफ्नो घोषणाबाट हुने कुनै पनि कानूनी र राजनीतिक जिम्मेवारी मुद्दाहरूलाई बेवास्ता नगर्ने भन्दै उनले अर्को मार्शल ल घोषणा नहुने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रपति युनले आफ्नो कार्यकालको मुद्दा आफ्नो पार्टीमा छोडेको भन्दै आफ्नो सम्बोधन सक्नुभएको खबरमा उल्लेख छ । उनले देशको भावी व्यवस्थापनको जिम्मेवारी आफ्नो पार्टी र सरकारको हुने पनि बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.