भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

२०८१ देखि ०९१ को अवधिलाई कृषिमा लगानी दशक घोषणा

२०८१ देखि ०९१ को अवधिलाई कृषिमा लगानी दशक घोषणा

काठमाण्डौ । हरेक वर्ष जेठ २७ गते कृषक दिवस मनाउने गरिन्छ । आइतबार बाह्रौं राष्ट्रिय कृषक दिवस मनाइँएको छ । देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधारका लागि गर्नुपर्ने पहलमा जोड दिएर २०७० सालदेखि यो दिवस मनाउन शुरु भएको हो ।

किसानले समयमै मलबीउ नपाउने, सिँचाइको अभाव, आधुनिक कृषि औजारको प्रयोग र पहुँच, कृषि प्राविधिक पर्याप्त नहुन, उत्पादन भएको उपजले बजार र उचित मूल्य नपाउनु जस्ता समस्या भोग्दै आएका छन् ।

कृषक दिवसको अवसरमा विभिन्न ठाउँका उत्कृष्ट किसानलाई सम्मान गर्ने गरिएको छ । उत्पादनका आधार किसानको सम्मानलाई केन्द्रमा राखेर दिवस मनाउन राष्ट्रिय कृषक महासङ्घ नेपाल, राष्ट्रिय कृषक दिवस व्यवस्थापन समितिले आग्रह गरेको छ ।

सरकारले २०८१ देखि ०९१ को अवधिलाई कृषिमा लगानी दशकसमेत घोषणा गरेको छ । आउँदो आर्थिक वर्षका लागि सरकारले कृषिमा ५७ अर्ब २९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नेपाल कृषि प्रधान देश भए पनि आयात गरेर खाद्यान्नको माग धान्नुपर्ने अवस्था छ । युवाशक्ति विदेशिने क्रम बढेसँगै खेतीयोग्य जमिन बाँझै रहन थालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.