भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरी जिल्ला फर्किने यात्रुको चाप बिपी राजमार्गमा बढ्यो

राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरी जिल्ला फर्किने यात्रुको चाप बिपी राजमार्गमा बढ्यो

काठमाडौं । बिपी राजमार्ग असोज ११ र १२ गते भएको लगातारको वर्षासँगै रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त भएपछि बिपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ ।

पूर्वी तराईका जिल्लालाई राजधानी काठमाडौँसँग जोड्न बिपी राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डमा ट्रयाक सडक निर्माण भएसँगै सवारीसाधनको चाप बढेको हो ।

रोशी खोलामा आएको बाढीले १० किलोमिटरभन्दा बढी सडक भत्किएको छ  । भत्किएको ठाउँमा कतै एकतर्फी र कतै दोहोरो यातायात सञ्चालन हुने गरी अस्थायी ट्रयाक निर्माण गरिएको छ ।

नेपालथोक–भकुण्डेबेँसी खण्डको सडक बाढीले भत्काएपछि दुई सातासम्म बिपी राजमार्गमा यातायातका साधन गुड्न सकेका थिएनन् ।

यातायात अवरोध हटाउन खोलिएका ट्र्याकको मर्मत तथा सुधारकार्य जारी रहेकोले साँझ ६ बजेदेखि विहान ४ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । अहिले बिपी राजमार्ग सञ्चालन भएपछि राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरी जिल्ला फर्किने यात्रुको चाप बढेको छ ।

 


Thali Mobile Pvt.Ltd.