भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कोरियाबीच तनाव चर्किदो

कोरियाबीच तनाव चर्किदो

काठमाडौं । दक्षिण कोरियाले आफ्नो राजधानीमाथि ड्रोन उडाएको उत्तर कोरियालाई सह्य नभएपछि तनाव चुलिँदै आएको थियो । अहिले त्यो तनाव उत्कर्षमा पुगेको छ । ड्रोनहरूले उत्तर कोरियाको राजधानी प्योङ्याङमा प्रचारबाजी गर्ने पर्चाहरू छरेको भनिएको छ । यस्तो गतिविधिलाई उत्तर कोरियाले “सशस्त्र द्वन्द्व र युद्ध समेत निम्त्याउन सक्ने” प्रकृतिको उक्साउने क्रियाकलाप भनेको छ ।प्योङ्याङले सीमामा तैनाथ सैनिकलाई गोली प्रहार गर्न तयारी अवस्थामा रहन आदेश दिएको छ।

प्रतिक्रिया स्वरूप दक्षिण कोरियाले पनि त्यसको जबाफ दिन तयार रहेको बताउँदै सुरक्षा जोखिममाको सङ्केत गरेको छ । मङ्गलवार उत्तर कोरियाले दक्षिण जोड्ने दुई सडक विस्फोट गराएर नष्ट गरिदिएको छ । ती घटनाहरू दुई कोरियाबीच चल्दै आएका आरोप प्रतिक्रियाको शृङ्खलामा नयाँ कडी हुन् । उत्तरका नेता किम जङ उनले दक्षिणलाई आफ्नो सत्ताको एक नम्बरको शत्रु भनेर घोषणा गरेयता यी दुई देशबीचको तनाव उच्च बिन्दुमा पुगेको हो ।

अक्टोबर ११ तारिखमा उत्तर कोरियाको विदेश मन्त्रालयले प्योङ्याङमा दुई सातासम्म रातिको समयमा ड्रोनहरू पठाएको भनेर दक्षिणलाई आरोप लगाएको थियो । विदेश मन्त्रालयले ती ड्रोनहरूले पर्चाहरू छरेको र त्यसमा “भड्काउपूर्ण हल्लाहरू र रद्दी कुराहरू रहेको“ बताएको थियो । किमकी प्रभावशाली बहिनी किम यो जोङले सउललाई यदि पहिले भनिएको जस्तो ड्रोनहरू उडाउने काम फेरि पनि भएमा त्यसको “डरलाग्दो परिणाम” भोग्नुपर्ने चेतावनी दिएकी छन् ।

उनले त्यस्ता भड्काउने खालका गतिविधिहरूका लागि दक्षिणका “सैनिक गुण्डानाइकेहरू” जिम्मेवार भएको “स्पष्ट प्रमाणहरू” भएको दाबी गरेकी छन् । उत्तर कोरियाले आफ्नो आकाशमा उडिरहेका ड्रोनहरू भन्दै धमिलो तस्बिरहरू सार्वजनिक गरेको छ । ती ड्रोनले छरेका पर्चाहरू भनेर तिनको पनि तस्बिर सार्वजनिक गरिएको छ तर त्यस्ता दाबीहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्ने उपाय छैन । सुरुमा दक्षिण कोरियाले उत्तरमा आफूहरूले ड्रोन उडाएको भन्ने आरोपलाई खण्डन गरेको थियो ।

तर पछि दक्षिणको सेनाका प्रमुखहरूको समूह जोइन्ट चीफ्स अफ स्टाफले उत्तर कोरियाको आरोपहरूको खण्डन वा पुष्टि दुवै नगर्ने भनेर टिप्पणी गरेको छ । सोमवार किमले सेनापतिले अन्य सेना प्रमुख, सुरक्षा र प्रतिरक्षा मामिलाका मन्त्रीहरू, उच्च सरकारी कर्मचारीहरूसँग भेटघाट गरेको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले जनाएको छ  ।

 


Thali Mobile Pvt.Ltd.