भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

रोयल्टी बाँडफाँडको अनुपात उस्तै तर फरक बनाउन लागेको प्रतिवेदनमा उल्लेख

रोयल्टी बाँडफाँडको अनुपात उस्तै तर फरक बनाउन लागेको प्रतिवेदनमा उल्लेख

काठमाण्डौ । प्रदेश र पालिकाको हिस्सा प्राकृतिक स्रोतको सलामी रकम अर्थात रोयल्टी वापतको राजस्व बाँडफाँटमा बढाउने तयारी शुरू भएको छ ।

अहिले प्राकृतिक स्रोतबाट प्राप्त राजस्वको बाँडफाँट गर्दा सङ्घीय सरकारले ५० प्रतिशत तथा प्रदेश र पालिका समान २५ प्रतिशत राजस्व पाउँछन् । राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगले ‘प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँटको पुनरावलोकनसम्बन्धी अध्ययन प्रतिवेदन’ सार्वजनिक गर्दै रोयल्टी बाँडफाँटसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकनको तयारी भइरहेको जनाएको छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले रोयल्टी बाँडफाँटको अनुपातलाई आयोगले हरेक पाँच वर्षमा पुनरावलोकन गर्ने र सरकारलाई सिफारिश गर्ने व्यवस्था गरेको छ । प्रस्तावित नयाँ व्यवस्थाअनुसार पर्वतारोहरणको रोयल्टी सङ्घीय सरकारलाई ४९ प्रतिशत, प्रदेशलाई २२ दशमलव पाँच प्रतिशत र पालिकालाई २८ दशमलव पाँच प्रतिशत पुर्‍याउन लागिएको छ ।

विद्युतको रोयल्टी सङ्घीय सरकारलाई ४५ दशमलव पाँच, प्रदेशलाई २३ र पालिकालाई ३१ दशमलव पाँच प्रतिशत बाँडफाँट गर्ने प्रस्ताव गरिएको छ । यस अघि सबै रोयल्टी बाँडफाँडको अनुपात उस्तै भए पनि अब फरक बनाउन लागेको प्रतिवेदनमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.