भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रोयल्टी बाँडफाँडको अनुपात उस्तै तर फरक बनाउन लागेको प्रतिवेदनमा उल्लेख

रोयल्टी बाँडफाँडको अनुपात उस्तै तर फरक बनाउन लागेको प्रतिवेदनमा उल्लेख

काठमाण्डौ । प्रदेश र पालिकाको हिस्सा प्राकृतिक स्रोतको सलामी रकम अर्थात रोयल्टी वापतको राजस्व बाँडफाँटमा बढाउने तयारी शुरू भएको छ ।

अहिले प्राकृतिक स्रोतबाट प्राप्त राजस्वको बाँडफाँट गर्दा सङ्घीय सरकारले ५० प्रतिशत तथा प्रदेश र पालिका समान २५ प्रतिशत राजस्व पाउँछन् । राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगले ‘प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँटको पुनरावलोकनसम्बन्धी अध्ययन प्रतिवेदन’ सार्वजनिक गर्दै रोयल्टी बाँडफाँटसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकनको तयारी भइरहेको जनाएको छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले रोयल्टी बाँडफाँटको अनुपातलाई आयोगले हरेक पाँच वर्षमा पुनरावलोकन गर्ने र सरकारलाई सिफारिश गर्ने व्यवस्था गरेको छ । प्रस्तावित नयाँ व्यवस्थाअनुसार पर्वतारोहरणको रोयल्टी सङ्घीय सरकारलाई ४९ प्रतिशत, प्रदेशलाई २२ दशमलव पाँच प्रतिशत र पालिकालाई २८ दशमलव पाँच प्रतिशत पुर्‍याउन लागिएको छ ।

विद्युतको रोयल्टी सङ्घीय सरकारलाई ४५ दशमलव पाँच, प्रदेशलाई २३ र पालिकालाई ३१ दशमलव पाँच प्रतिशत बाँडफाँट गर्ने प्रस्ताव गरिएको छ । यस अघि सबै रोयल्टी बाँडफाँडको अनुपात उस्तै भए पनि अब फरक बनाउन लागेको प्रतिवेदनमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.