भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जहाजको इन्जिन मर्मतमा ढिलाई भएको बारे छानबिन गर्न उपसमिति गठन

जहाजको इन्जिन मर्मतमा ढिलाई भएको बारे छानबिन गर्न उपसमिति गठन

काठमाडौं । जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन उपसमिति गठन गरिएको छ।
नेपाल वायुसेवा निगमको नाइन एन एकेएक्स एयरबस ३२० लुम्बिनी जहाजको इन्जिन मर्मतमा ढिलाई भएको बारे छनानविन गर्न सदस्य सुधीरशमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको हो।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिलाई १५ दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेश गर्न भनिएको छ।

जहाजको दायाँ इन्जिनमा समस्या आएपछि पुस २६ गते इजरायल एरोस्पेस इन्डस्ट्री (आइएआई) मा मर्मत गर्न पठाइएको थियो’, उनले भने, ‘आईएआईले सम्झौताअनुसार जहाजको इन्जिनमा आएको समस्या समयमै समाधान नगरेको र त्यसको विकल्पका अर्को इन्जिनको व्यवस्था नगरेको विषयमा छानबिन समिति गठन गरिएको हो।’

 


Thali Mobile Pvt.Ltd.