भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नगरकोटको तरकारी हाटबजारबारे होटल व्यवसायीहरुसंग आपसी सहयोग केन्द्रको छलफल

नगरकोटको तरकारी हाटबजारबारे होटल व्यवसायीहरुसंग आपसी सहयोग केन्द्रको छलफल

नगरकोट । नगरकोटमा सञ्चालित शुक्रबारे हाटबजारबारे आपसी सहयोग केन्द्र काभ्रे शाखाले छलफल गरेको छ । शुक्रबारे हाटबजारबारे नगरकोटका होटल व्यवसायीहरु र मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुखसंग आपसी सहयोग केन्द्र काभ्रे शाखाले शुक्रबार होटल ग्रीन भ्यालीमा छलफल गरेको हो ।market in Nagarkot

छलफल कार्यक्रममा मण्डनदेउपुर नगरपालिका प्रमुख टोक बहादुर वाइबाले नगरकोटका होटल व्यवसायीहरुले किसानले दुःख गरी फलाएको तरकारीलाई प्राथमिकता नदिएको भन्दै गुनासो व्यक्त गर्नुभयो । उहाँले किसानले फलाएको अर्गानिक तरकारी किनेर किसानलाई उत्साहित पार्न व्यवसायीहरुलाई आग्रह समेत गर्नुभयो ।market in Nagarkot

नगरकोटमा तरकारी संकलन केन्द्र मात्रै नभई नगरपालिकाले तरकारी एम्बुलेन्स समेतको अवधारणा अघि बढाएको नगर प्रमुख वाइबाले जानकारी दिनुभयो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ ले शुक्रबार हाट बजार सञ्चालन गर्न ठाउँ उपलब्ध गराएकोबारे उपस्थित सबै वडा अध्यक्ष तथा होटल व्यवसायीहरुले प्रसंशा गरेका थिए ।market in Nagarkot

कार्यक्तममा काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष पुरुषोतम बजगाई, वडा नं ४ का वडा अध्यक्ष मैते सिं तामाङ र भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ६ का वडा अध्यक्ष धन बहादुर लामालगायतले हाटबजार व्यवस्थापन र किसानका समस्याबारे आ–आफ्नो धारणा राखेका थिए ।market in Nagarkot

आपसी सहयोग केन्द्र काभ्रे शाखाले सञ्चालन गरेको कार्यक्रममा नगरकोटका होटल व्यवसायीहरुले आफ्नै आगनमा तरकारी किन्न पाउँदा खुशी लागेको प्रक्रिया दिए । उनीहरुले तकारी किन्न जाँदा तरकारीका परिकारहरु नपाइएको गुनासो गर्दै किसानहरुलाई तरकारीका विभिन्न परिकारहरु उत्पादनमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा आपसी सहयोग केन्द्र काभ्रे शाखाका अध्यक्ष बद्री माकले व्यवसायीहरुलाई किसानले तरकारीका जति परिकारहरु उत्पादन गरेका छन् किसालाई उत्साहित गर्न ती सबै परिकारहरु किनिदिन आग्रह गर्नुभयो ।

उहाँले होटलका लागि चाहिनेजति तरकारी उत्पादन नभए पनि कर्मचारीका लागि मात्रै भएपनि तरकारी किनेर किसानलाई उत्साहित पार्न व्यवसायीहरुलाई सुझाउनुभयो ।

छलफल कार्यक्रममा आपसी सहयोग केन्द्र काभ्रेका कार्यक्रम प्रमुख प्रल्हाद तिमिल्सिना र वीत्त प्रमुख सुनिता तामाङले पनि आफ्नो धारणा राख्नु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.