भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

पानी ट्याङ्कीमा डुबेर दुईजनाको मृत्यु

पानी ट्याङ्कीमा डुबेर दुईजनाको मृत्यु

बैतडी । पानी ट्याङ्कीमा डुबेर दुईजनाको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिकाकामा पानी ट्याङ्कीमा डुबेर एक बालकको मृत्यु भएको हो । एक जना बेपत्ता भएका छन् ।

ट्याङ्कीमा डुबेर घाइते भएका मुुकेशको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस्तै शनिबार महाकाली नदीमा डुबेर शिवनाथ गाउँपालिका १ स्वालाकि १५ वर्षीया रजनी चाँडको मृत्यु भएको थियो।

शिवनाथ गाउँपालिका १ कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार १० बजेतिर नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएकी र डुबेको केहीबेरपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले रजनीको मृत उद्धार गरेको थियो। रजनीसँगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपत्ता रहेकी छन्।

 


Thali Mobile Pvt.Ltd.