भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

बंगलादेशमा रसेल भाइपर प्रजातिको विषालु सर्पको आतंक

बंगलादेशमा रसेल भाइपर प्रजातिको विषालु सर्पको आतंक

एजेन्सी । बंगलादेशमा रसेल भाइपर प्रजातिको विषालु सर्पको आतंक फैलिएको छ। गत वर्षको एक अध्ययनअनुसार बंगलादेशमा विषालु सर्पको डसाइबाट वर्षेनी ७ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । २२ वर्षअघि लोप भएको घोषणा गरिएको रसेल भाइपर प्रजातिको सर्प पुनः फर्किएको र यसले मानवीय क्षति बढाएको अधिकारीहरुले जनाएका छन्।

स्वास्थ्यमन्त्री सामन्त लाल सेनले सबै स्वास्थ्य केन्द्रलाई एन्टिभेनम व्यवस्था गर्न निर्देशन दिँदै सजगता अपनाउन अपिल गरेका छन्। मुसालाई आफ्नो मुख्य शिकार बनाउने गरेको रसेल भाइपर प्रजातिको विषालु सर्प अहिले अधिकांश ग्रामिण क्षेत्रहरुमा देखिन थालेको अधिकारीहरुले जनाएका छन्।

रसेल भाइपर सर्प आमरुपमा केही चिसो क्षेत्रमा रहने भए पनि जलवायु परिवर्तनको असरले गर्दा अहिले बंगलादेशका अन्य धेरै क्षेत्रमा बाक्लो रुपमा देखिन थालेको बताइएको छ।

तत्काल उपचार नपाएर यसरी ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेको अध्ययनले देखाएको छ । विषालु सर्पको बिगबिगी बढेसँगै त्यहाँको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य केन्द्र र अस्पतालहरुमा एन्टिभेनम स्टक राख्न आदेश दिएको छ।

 


Thali Mobile Pvt.Ltd.