भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बंगलादेशमा रसेल भाइपर प्रजातिको विषालु सर्पको आतंक

बंगलादेशमा रसेल भाइपर प्रजातिको विषालु सर्पको आतंक

एजेन्सी । बंगलादेशमा रसेल भाइपर प्रजातिको विषालु सर्पको आतंक फैलिएको छ। गत वर्षको एक अध्ययनअनुसार बंगलादेशमा विषालु सर्पको डसाइबाट वर्षेनी ७ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । २२ वर्षअघि लोप भएको घोषणा गरिएको रसेल भाइपर प्रजातिको सर्प पुनः फर्किएको र यसले मानवीय क्षति बढाएको अधिकारीहरुले जनाएका छन्।

स्वास्थ्यमन्त्री सामन्त लाल सेनले सबै स्वास्थ्य केन्द्रलाई एन्टिभेनम व्यवस्था गर्न निर्देशन दिँदै सजगता अपनाउन अपिल गरेका छन्। मुसालाई आफ्नो मुख्य शिकार बनाउने गरेको रसेल भाइपर प्रजातिको विषालु सर्प अहिले अधिकांश ग्रामिण क्षेत्रहरुमा देखिन थालेको अधिकारीहरुले जनाएका छन्।

रसेल भाइपर सर्प आमरुपमा केही चिसो क्षेत्रमा रहने भए पनि जलवायु परिवर्तनको असरले गर्दा अहिले बंगलादेशका अन्य धेरै क्षेत्रमा बाक्लो रुपमा देखिन थालेको बताइएको छ।

तत्काल उपचार नपाएर यसरी ठूलो संख्यामा मानिसहरुको मृत्यु भइरहेको अध्ययनले देखाएको छ । विषालु सर्पको बिगबिगी बढेसँगै त्यहाँको स्वास्थ्य मन्त्रालयले स्वास्थ्य केन्द्र र अस्पतालहरुमा एन्टिभेनम स्टक राख्न आदेश दिएको छ।

 


Thali Mobile Pvt.Ltd.