भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

आइतबारदेखि तीन दिन जनकपुरको रेल सेवा बन्द

आइतबारदेखि तीन दिन जनकपुरको रेल सेवा बन्द

काठमाडौं । भारतमा हुने लोकसभा चुनावका कारण रेलसेवा तीन दिन बन्द हुने भएको छ । जनकपुर (जयनगर) भंगाहा रेल आइतबारदेखि तीन बन्द हुने भएको हो ।

चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले आइतबारदेखि जयनगर (जनकपुर) भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा जनाइएको छ। इण्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेसन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहने छ।

भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ मा लोकसभा चुनाव हुन लागकोले रेलसेवा तीन दिन बन्द रहने नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा जारी सूचनामा उल्लेख छ।

 


Thali Mobile Pvt.Ltd.