भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आइतबारदेखि तीन दिन जनकपुरको रेल सेवा बन्द

आइतबारदेखि तीन दिन जनकपुरको रेल सेवा बन्द

काठमाडौं । भारतमा हुने लोकसभा चुनावका कारण रेलसेवा तीन दिन बन्द हुने भएको छ । जनकपुर (जयनगर) भंगाहा रेल आइतबारदेखि तीन बन्द हुने भएको हो ।

चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले आइतबारदेखि जयनगर (जनकपुर) भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा जनाइएको छ। इण्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेसन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहने छ।

भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ मा लोकसभा चुनाव हुन लागकोले रेलसेवा तीन दिन बन्द रहने नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा जारी सूचनामा उल्लेख छ।

 


Thali Mobile Pvt.Ltd.