भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

धनगढीमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते

धनगढीमा ग्यास सिलिन्डर पड्किँदा तीन जना घाइते

काठमाडौं । ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते भएका छन्। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा सिलिन्डर पड्किँदा तीन जना घाइते भएका हुन ।
सिलिन्डर पड्किंदा मीना खड्कासहित स्थानीय ग्याँस बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका हुन्।

धनगढी उपमहानगरपालिका ६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जोशीको पसलबाट ग्यास किनेकी खड्काले जोड्नका लागि समेत उनलाई घरमा बोलाएकी थिइन्।

जोशीले सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको प्रहरीले जनाएको छ। उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.