भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्कने

सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्कने

एजेन्सी । चार दिनपछि, अर्थात् मार्च १९ मा, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्कने भएका छन् ।
भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किने भएका हुन ।

सुनिता र उनका साथी बुच विल्मोर नौ महिनादेखि आइएसएसमा अलपत्र छन्। उनको अन्तरिक्ष यानमा प्राविधिक गडबडी देखिएको थियो, जसका कारण उनीहरू समयमै फिर्ता हुन सकेनन्। नयाँ टोलीमा नासाका एनी म्याक्लेन र निकोल आयरेस, जापानी अन्तरिक्ष एजेन्सी जाक्साका ताकुया ओनिशी र रूसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसका अन्तरिक्ष यात्री किरिल पेस्कोभ समावेश छन्।

यी चार अन्तरिक्ष यात्रीहरू आईएसएस पुग्नेछन् र सुनिता विलियम्स, बुच विल्मोर र क्रू–९ का अन्य दुई सदस्यहरूलाई प्रतिस्थापन गर्नेछन्। क्रू–१० को अन्तरिक्ष यान मार्च १५ मा आईएसएसमा डक हुनेछ, जहाँ केही दिनको समायोजन पछि क्रू–९ मिसन मार्च १९ पछि पृथ्वीमा फर्कनेछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेसएक्सका सीईओ एलन मस्कलाई अन्तरिक्षमा फसेका सुनिता विलियम्स र उनका सहकर्मी बुच विल्मोरलाई फिर्ता ल्याउने काम तोकेका थिए।

ट्रम्पले जनवरीमा सामाजिक सञ्जालमा लेखेका थिए, ‘मैले मस्कलाई ती दुई ुबहादुर अन्तरिक्ष यात्रीु लाई फिर्ता ल्याउन आग्रह गरेको छु। उनीहरूलाई बाइडेन प्रशासनले अन्तरिक्षमा छोडेको थियो। उनीहरू धेरै महिनादेखि अन्तरिक्ष स्टेसनमा पर्खिरहेका छन्। मस्कले चाँडै नै यसमा काम सुरु गर्नेछन्।’ सुनिता विलियम्स र बुच विल्मोरले बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा यात्रा गरेका थिए। यो मिसन केवल ८ दिनको लागि थियो, तर प्राविधिक गडबडीका कारण उनीहरू ९ महिनासम्म अन्तरिक्षमा रहनुपर्‍यो। यद्यपि, स्टारलाइनर अन्तरिक्षयान पछि कुनै ठुलो अतिरिक्त समस्या बिना खाली फर्कियो।

नासाले अन्तरिक्ष यानको सेवा मोड्युलको थ्रस्टरमा हेलियम चुहावट भएको बताएको छ। एउटा अन्तरिक्ष यानमा धेरै थ्रस्टरहरू हुन्छन्। तिनीहरूको सहयोगमा अन्तरिक्ष यानले आफ्नो बाटो र गति परिवर्तन गर्छ। मस्कले पनि जवाफ दिँदै भने, ‘हामी त्यसै गर्नेछौँ। बाइडेन प्रशासनले उनीहरूलाई यति लामो समयसम्म त्यहीँ छोड्नु भयानक कुरा हो ।’
सुनिता र विल्मोरलाई किन अन्तरिक्ष स्टेसनमा पठाइएको थियो ?

सुनिता र बुच विल्मोर बोइङ र नासाको संयुक्त ुक्रू फ्लाइट टेस्ट मिसनु मा गएका थिए। यसमा, सुनिता अन्तरिक्ष यानको पाइलट थिइन्। उनीसँगै गएका बुच यस मिसनका कमाण्डर थिए। उनीहरू दुवै जना अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा ८ दिन बसेपछि पृथ्वीमा फर्कने कार्यक्रम थियो। प्रक्षेपणको समयमा, बोइङ डिफेन्स, स्पेस एण्ड सेक्युरिटीका अध्यक्ष तथा सीईओ टेड कोल्बर्टले यसलाई अन्तरिक्ष अनुसन्धानको नयाँ युगको लागि एक उत्कृष्ट सुरुवात भनेका थिए ।

यस मिसनको मुख्य उद्देश्य अन्तरिक्ष यानले अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्ष स्टेसनमा लैजान र फर्कन सक्ने क्षमता प्रमाणित गर्नु थियो।अन्तरिक्ष स्टेसनमा ८ दिन बिताउँदा अन्तरिक्ष यात्रीहरूले अनुसन्धान र धेरै प्रयोगहरू पनि गर्ने योजना थियो। सुनिता र विल्मोर एटलस(भी रकेट मार्फत अन्तरिक्ष यात्रामा पठाइने पहिलो अन्तरिक्ष यात्री हुन्। यस अभियानको क्रममा उनले अन्तरिक्षयानलाई म्यानुअली पनि उडाउनु परेको थियो।

उडान परीक्षणसँग सम्बन्धित धेरै उद्देश्यहरू पनि पूरा गर्नुपरेको थियो। तर, स्टारलाइनर अन्तरिक्ष यानले प्रक्षेपण गरेदेखि नै धेरै समस्याहरू भोगेको छ। यी कारणहरूले गर्दा, जुन ५ अघिको प्रक्षेपण अघि पनि धेरै पटक प्रक्षेपणहरू असफल भएका थिए। प्रक्षेपणपछि पनि अन्तरिक्ष यानमा समस्या भएको रिपोर्ट आएको थियो।

 


Thali Mobile Pvt.Ltd.