भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

विगतका सरकारको संरक्षणमा रोकिएका फाइलहरू छानबिनमा

विगतका सरकारको संरक्षणमा रोकिएका फाइलहरू छानबिनमा

काठमाडौँ, ३१ असाेज । गृह मन्त्रालयले विगतका सरकारको संरक्षणमा रोकिएका र अवरुद्ध भएका ठूला भ्रष्टाचार र अनियमिततासम्बन्धी फाइलहरूको अनुसन्धान अघि बढाएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रालयका अधिकारीहरू र प्रहरी प्रशासनलाई अनुसन्धान गर्न निर्देशन दिएका छन्।सुन तस्करी काण्डमा निगरानी बढाइएको छ भने माओवादी नेता एवं पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ गरी जेल चलान भइसकेका छन्।

मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरण, ६० केजी र ९ केजी सुन तस्करी, सहकारी भ्रष्टाचार, हदबन्दी छुटको जग्गा अनियमितता, गिरीबन्धु टि–स्टेट काण्ड र सार्वजनिक जग्गा अनियमितता लगायत विभिन्न ठूला भ्रष्टाचार प्रकरण छानबिन गरिरहेको छ।

गृहमन्त्रालयका अधिकारीहरूका अनुसार ठूला भ्रष्टाचारमा संलग्न नेता तथा पूर्व मन्त्रीहरूको सम्पत्तिको गोप्य रूपमा छानबिन भइरहेको छ। गृहमन्त्री अर्यालले भनेका छन् कि अनुसन्धान तीव्रतापूर्वक अघि बढाइनेछ र कसैले पनि भ्रष्टाचारबाट बच्न पाउने छैनन्।

 


Thali Mobile Pvt.Ltd.