भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बाघको आक्रमणबाट घटनास्थलमै सासु–बुहारीको मृत्यु

बाघको आक्रमणबाट घटनास्थलमै सासु–बुहारीको मृत्यु

पोखरा । बाघको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । नवलपुरमा साथीहरुसँग घाँस काट्न गएका दुई जनाको बाघले आक्रमण गर्दा मृत्यु भएको हो । मृत्यु हुनेमा सासु ५९ वर्षकी मनादेवी पौडेल र बुहारी २८ वर्षकी बिष्णु पौडेल छन् । बाघले आक्रमण गर्दा घटनास्थलमै उनीहरुमो मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुको शव सडकबाट एक किलोमिटर भित्र विनयी सामुदायीक वनमा फेला परेको हो । गाउँले र प्रहरीको सहयोगमा राती खोजी भएको थियो ।

घाँस दाउरा लिन आइतवार दिउँसो जंगल गएका उनिहरू अवेरसम्म पनि घर नफर्केपछि खोजी गर्ने क्रममा बाघको आक्रमणमा परेको अवस्थामा भेटिएका थिए ,। घटनामा थप अनुसन्धान भैरहेको नवलपुर प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.