भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

सुरुङमार्ग निर्माणका लागि पुस १६ गते सोमवारदेखि सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

सुरुङमार्ग निर्माणका लागि पुस १६ गते सोमवारदेखि सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द हुने

काठमाण्डौ । दैनिक ६ घण्टा सिद्धार्थ राजमार्ग आउँदो पुस १६ गते सोमवारदेखि बन्द हुने भएको छ । एक सय दिन दैनिक ६ घण्टा सडक बन्द गर्न लागिएको हो । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक र दुई तथा स्लोप क्षेत्रको काम गर्दा बाटो साँघुरो हुने भएका कारण राजमार्गको सिद्धबाबा खण्ड बन्द गर्न लागिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले सडक बन्द हुने विषयको सूचना प्रभावकारी रुपमा सम्प्रेषण गरी सम्बन्धित नियामक निकाय, समन्वय गर्ने निकाय, यातायात सेवा कम्पनी, राजमार्ग प्रयोगकर्तालाई जानकारी गराइने निर्णय गरेको छ ।

सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ । एम्बुलेन्सलगायत अत्यावश्यक गाडीलाई भने रोक लगाइने छैन। सुरुङ निर्माण थालेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ्ग कर्पोरेसनले सुरुङ निर्माणका क्रममा यातायात सञ्चालन हुँदा जोखिम हुने भएकाले सडक बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.