भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

तिहारमा देशभर सामान्यतया सफा मौसम, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

तिहारमा देशभर सामान्यतया सफा मौसम, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, २ असाेज । तिहार पर्वका दिनहरूमा देशभरको मौसम सामान्यतया सफा रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तिहार अवधिभर अधिकांश स्थानमा खुला आकाश रहनेछ भने केही पहाडी क्षेत्रमा मात्र हल्का बदली हुन सक्छ।

पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ। महाशाखाले भोलि लक्ष्मीपूजाको दिन कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको जनाएको छ।

यसैगरी, भाइटिकासम्म पनि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहने महाशाखाले जनाएको छ। तर, देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा र स्थिर रहनेछ।

मौसमविद्हरूका अनुसार तिहारमा प्रायः मौसम खुला रहने भएकाले दीपावली, देउसी–भैलो र पारिवारिक भेटघाटका कार्यक्रम सहज हुनेछन्। यद्यपि, हिमाली क्षेत्रका बासिन्दाले चिसो र हल्का हिमपातको सम्भावनालाई ध्यानमा राखी आवश्यक तयारी गर्न सुझाइएको छ।

 


Thali Mobile Pvt.Ltd.