भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

ढाकाको अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी, केही समय सबै उडान स्थगित

ढाकाको अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी, केही समय सबै उडान स्थगित

ढाका, २ असाेज । बङ्गलादेशको राजधानी ढाकास्थित हज्रत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा हिजो ठूलो आगलागी भएको छ। आगलागीका कारण केही समयका लागि सबै उडानहरू अवरूद्ध भएका थिए, तर अहिले उडान सेवा पुनः सञ्चालनमा आएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार आगो कार्गो टर्मिनलमा लागे पनि मुख्य टर्मिनलमा असर परेको छैन। तर, बाक्लो धुवाँ धावनमार्गसम्म फैलिँदा केही समयका लागि उडान अवरुद्ध भएको थियो।फायर सर्भिसका प्रवक्ता ताल्हा बिन जासिमले आगलागी नियन्त्रणका लागि ३७ अग्निनियन्त्रक युनिट परिचालन गरिएको जानकारी दिनुभयो। दिउँसो सुरु भएको आगो सहजै नियन्त्रणमा नआएपछि थप सुरक्षा बल समेत परिचालित गरिएको थियो।

‘द डेली स्टार’का अनुसार केही उडानहरूलाई नजिकका अन्य विमानस्थलमा डाइभर्ट गरिएको थियो। स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकारी मोइनुल असानले कम्तिमा चार जना सामान्य घाइते भएको र अस्पताल लगिएको जानकारी दिनुभयो। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। सुरक्षाकर्मीहरूले घटनास्थलको विस्तृत अनुसन्धान सुरु गरेको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.