भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

साइबर आक्रमणबाट बच्न टिकटकले ल्यायो सुरक्षा मापदण्ड

साइबर आक्रमणबाट बच्न टिकटकले ल्यायो सुरक्षा मापदण्ड

एजेन्सी । टिकटकले सुरक्षा जाँच प्रविधिको घोषणा गरेको छ । भिडियो सेयरिङ प्लेटफर्म ‘टिकटक’ले सेक्युरिटी चेकअप नामक नयाँ सेक्युरिटी टुल घोषणा गरेको हो । सुरक्षा चेकअप टुलले खातासँग सम्बन्धित उपकरण हेर्ने कुनै पनि अज्ञात वा अब प्रयोगमा नरहेको यन्त्रमा पहुँच रद्द गर्ने, खातामा हुने कुनै पनि शङ्कास्पद गतिविधिको निगरानी गर्ने र उपयुक्त कारबाही गर्न प्रयोगकर्तालाई सचेत गर्छ ।

साइबर आक्रमणहरू बढ्दै गएको बेला टिकटकले सुरक्षा मापदण्ड बढाउने प्रयास गरेको जनाएको छ । यो ‘सेन्ट्रलाइज्ड ड्यासबोर्ड’ प्रयोगकर्तालाई आफ्नो खातालाई सजिलै सुरक्षित गर्न मद्दत गर्न डिजाइन गरिएको हो । यो उपकरण एपमा रहेको ‘सुरक्षा र अनुमति’ विकल्पअन्तर्गत ‘सेटिङ्स र गोपनीयता’ खण्डमा फेला पार्न सकिन्छ ।

यसले विभिन्न सुरक्षा विकल्पहरू प्रदान गर्छ । जस्तै तपाईंको खातालाई फोन नम्बर वा इमेल ठेगानामा लिङ्क गर्ने, तपाईंसँग लग इन गर्ने ब्याकअप विधि सुनिश्चित गर्न दुई–कारक प्रमाणीकरण गर्ने र अनुहार पहिचान वा फिङ्गरप्रिन्ट जस्ता बायोमेट्रिक प्रमाणीकरण लगइन विकल्प प्रदान गर्छ ।

 


Thali Mobile Pvt.Ltd.