भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

जातीय विभेद गरिएको घटनाका पीडित परिवारले सिराह प्रहरीमा जाहेरी दिए

जातीय विभेद गरिएको घटनाका पीडित परिवारले सिराह प्रहरीमा जाहेरी दिए

काठमाण्डौ । जातीय विभेद गरिएको घटनाका पीडित परिवारले सिराह प्रहरीमा जाहेरी दिएका छन् । सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा पीडित परिवारका दिपक मल्लिकले जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी कसुरको जाहेरी दिएका हुन ।

जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरङ्गी बाबालाई प्रतिवादी बनाइएको छ । गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो ।

घर भत्काउन गाउँपालिकाको डोजरसहित अध्यक्ष यादव आफैँ खटिएका, घर भत्काएपछि घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि जातीय विभेद गरेको भन्दै विरोध भइरहेको छ । जाहेरीमा प्रतिवादीहरूले पीडित परिवारमाथि जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापित गरेकाले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।

बजरङ्गी बाबा भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गएको फागुन १० गते अछूत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर भत्काइएको थियो । घटनामा सङ्लग्न भएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई शुक्रवार नै प्रहरीले पक्राउ गरिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.